काठमाडौं, ९ जेठ । सभामुख कृष्णबहादुर महराले पशुपालन क्षेत्र नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण पाटो भएको बताउनुभएको छ ।
नेपाल भेटेरीनरी एशोसिएसन नेपालको १३ औं राष्ट्रिय सम्मेलनको आज -बुधबार) काठमाडौंमा उद्घाटन गर्नुहुादै सभामुख महराले यस्तो बताउनुभएको हो ।
नेपालको जनसंख्याको ठूलो हिस्सा कृषिमा आधारित रहेको भन्दै सभामुख महराले कृषि क्षेत्र पशुपालन र भेटेरीनरी सेवासाग अभिन्न रुपमा गाासिएको बताउनुभयो । ‘नेपालको जनसंख्याको ठूलो हिस्सा कृषि पेशामा आधारित रहेको छ, उहााले भन्नुभयो, ‘कृषि क्षेत्र पशुपालनसाग अभिन्नरुपमा गाासिएको छ ।’
भेटेरीनरी एशोसिएसनले ५० वर्षको यात्रा पूरा गरेकोमा बधाई दिनुहुादै सभामुख महराले देशको आर्थिक मेरुदण्डको एउटा पाटोको रुपमा संस्थाले गरिरहेको काम र सेवाको निरन्तरताका लागि आग्रह गर्नुभयो ।
३० वर्षअघि आफू पनि किसान भएको स्मरण गर्दै सभामुख महराले आफूले रोल्पामा कल्याण गाइपालन समूह खोलेर पशुपालन शुरु गरेको बताउनुभयो । ‘३० वर्षअघि म पनि किसान थिएा, केशवजी भेटेरीनरी डाक्टर हुनुहुन्थ्यो । उहााको पहलमा रोल्पाको लिबाङमा कल्याण गाई पालन समूह खोलेर विरगञ्जबाट ५ वटा होलस्टिन गाई ल्याई पालेका थियौं ।’
असल किसान बन्ने विगतको सपना अहिले सम्भिmरहेको बताउादै सभामुख महराले भन्नुभयो, ‘पशुपालन क्षेत्रमा केही राम्रो काम गर्ने र उन्नत गाउा विकास गर्ने हाम्रो सपना थियो, परिस्थितिले म यहाा आइपुगें, अहिले त्यो त्यो सपना सम्भिmरहेको छु ।’
विगतमा गाई पालेको रोल्पाको आफ्नो जग्गाजमिन १० वर्षअघि निःशुल्क रुपमा पोलिटेक्निकल कलेजका लागि दिएको भन्दै सभामुख महराले गत वर्षदेखि त्यहाा एनिमल साइन्सको पढाइ शुरु भएको बताउनुभयो ।
आफूले किसान भएर काम गर्न नसके पनि आफूले गाइपालन शुरु गरेको ठाउामा अहिले एनिमल साइन्सको पढाइ हुनु आफ्नै सपना पूरा भएजस्तो लागेको महराले बताउनु भयो । १० महिनाअघि एनिमल साइन्सको कक्षा आफैले पढाएर शुरुवात गरेको उहााले बताउनु भयो ।
देशका प्रत्येक किसान परिवारको न्यूनतम आयआर्जनको क्षेत्र पशुपालन क्षेत्र बनेको बताउादै सभामुख महराले हरेक परिवारलाई आर्थिक रुपमा सक्षम बनाउन सके मात्रै नेपालको आर्थिक समृद्धि सम्भव हुने बताउनुभयो ।
नेपालको संविधानले समाजवादउन्मुख अर्थतन्त्रको परिकल्पना गरेको भन्दै राज्यले न्यून आय भएका कृषकहरुको आयआर्जन वृद्धिका लागि विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो । भेटेरीनरी सेवालाई आम किसानको पहुाचसम्म पुर्याउन र सर्वसुलभ बनाउन राज्यले विशेष ध्यान दिनुपर्ने सभामुख महराले बताउनुभयो ।
कृषि, पशुपालन र भेटेरीनरी सेवासम्बन्धी कतिपय कानूनहरु नहुादा काम गर्न अप्ठ्यारो भन्दै सभामुख महराले कानून निर्माणतर्फ तदारुकता दिन सरकारलाई आग्रह गर्नुभयो ।
‘कृषि, पशुपालन र भेटेरीनरी सेवासम्बन्धी कतिपय कानूनहरु नहुादा काममा कठिनाइ भइरहेको छ, उहााले भन्नुभयो, ‘सरकारले छिटोभन्दा छिटो ती कानून निर्माणका लागि विधेयकहरु सदनमा पेश गर्न र पास गर्न पहल गर्न म ध्यानाकर्षण गराउाछु ।’
उहााले आफूले सभामुखको हैसियतले गर्न सक्ने सहजीकरण र सहयोगमा कुनै कन्जुस्यााई नगर्ने बताउनुभयो ।