तिलोत्तमाका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु

तिलोत्तमा, जेठ 9 । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सुरु भएको छ । नगरपालिकाले बाल विकास कक्षाका सबै बालबालिकाहरुलाई दिवा खाजा उपलब्ध गराउन थालेको हो ।

नगरपालिकाले कक्षा ५ सम्मका सबै बालबालिकाहरुलाई घरबाट खाजा ल्याउन टिफिन बक्स समेत उपलब्ध गराएको छ । सामुदायिक विद्यालयमा आकर्षण बढाउादै विद्यार्थीहरुको पोषणमा सुधार ल्याउने लक्ष्यका साथ दिवा खाजा कार्यक्रम सुरु गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।

नगरपालिकाले मंगलबार दिवा खाजा कार्यक्रम सुरु गर्दै नगरभित्रका ६ वटा विद्यालयहरुलाई टिफिन बक्स र नगद रुपैंयाा हस्तान्तरण गरेको छ । बााकी विद्यालयहरुलाई क्रमशः टिफिन बक्स र नगद रुपैंयाा प्रदान गरिने नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिप्रसाद ज्ञवालीले बताउनुभयो । नगर प्रमुख बासुदेव घिमिरे र उप-प्रमुख जागेश्वरी चौधरीले विद्यार्थीलाई टिफिन बक्स तथा विद्यालयका प्रअ र व्यवस्थापन समिति अध्यक्षलाई चेक हस्तान्तरण गर्नुभयो ।

अब नगरभित्रका सबै बाल विकास कक्षाका सबै विद्यार्थीले विद्यालयमैं खाजा पाउने छन् । उनीहरुको खाजाका लागि नगरपालिकाले दैनिक प्रति विद्यार्थी २५ रुपैंयााका दरले विद्यालयलाई रकम उपलब्ध गराएको छ । यस्तै टिफिन बक्स पाउने सबै बालबालिकाका अभिभावकले अब आफ्ना छोराछोरीलाई विद्यालय जाादा दिनहुा खाजा पठाइदिनुपर्ने नियम नगरपालिकाले बनाएको छ । आर्थिक रुपमा खाजा ल्याउन नसक्ने अवस्थाका अत्यन्त विपन्न वर्गका बालबालिकाहरुलाई सम्बन्धित विद्यालय र वडा समितिको सिफारिसमा खाजा उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

‘ईसिडीका सबै र आर्थिक रुपमा खाजा ल्याउन नसक्ने कक्षा ५ सम्मका बालबालिकाहरुलाई नगरपालिकाले खाजा उपलब्ध गराउने छ । सक्नेहरुले आ-आफ्ना बालबालिकाहरुलाई घरमैं तयार हुने खानेकुरा टिफिन बक्समा पठाइदिनुपर्नेछ ।’ नगर प्रमुख घिमिरेले भन्नुभयो, ‘खाजा कार्यक्रमले विद्यार्थीलाई विद्यालय जान र अध्ययन गर्न प्रोत्साहन मिल्ने हामीहरुको विश्वास छ ।’

नगरपालिकाले मंगलबार दिवा खाजा कार्यक्रम सुरु गर्दै नगरभित्रका ६ वटा विद्यालयहरु शान्ति नमूना, जनजागृति, सेमरी, नमूना महिला, कोटईमाई मिशुजु र कोटियामाई आधारभूत विद्यालयलाई टिफिन बक्स र नगद रुपैंयाा हस्तान्तरण गरेको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन दिवा खाजा कार्यक्रम सुरु गरिएको जानकारी गराउादै आगामी दिनमा सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि अन्य कार्यक्रमहरु समेत सञ्चालन गरिने बताउनुभयो ।

त्यसअवसरमा शान्ति नमूना माविका प्रअ कुलप्रसाद लामिछानेले दिवा खाजा कार्यक्रम सुरु गरेर तिलोत्तमा नगरपालिकाले पुनित कार्यको शुभारम्भ गरेको बताउादै यसले अत्यन्त राम्रो नतिजा दिने विश्वास व्यक्त गर्नुभयो । यस्तै जनजागृति मावि व्यवस्थापन समितिका अध्यक्ष यादवप्रसाद सापकोटाले शिक्षामा रहेको विभेद अन्त्यका लागि खाजा कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । कार्यक्रमकको सञ्चालन नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले गर्नुभएको थियो । तिलोत्तमा नगरपालिकामा ४३ वटा सामुदायिक विद्यालय छन् । सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आकर्षण खटिरहादा नगरपालिकाले दिवा खाजा कार्यक्रम अघि सारेको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.