मन्त्रीहरुको सम्पत्ति–कसैको करोडौको शेयर र नगद, कसैको एकहल गोरुदेखि दुइटा कुकुर पनि

बुटवल । जेठ ९ । नेपालको राजनीतिक इतिहासमा सर्वाधिक शक्तिशाली कम्युनिष्ट पार्टीको सरकारका मन्त्रीहरुको सम्पत्तिमा करौडौको शेयरदेखि एकहल गोरु र गाइभैसी तथा कुकुर देखि थोत्रो साइकल सम्म देखिएको छ । बुधवार सार्वजनिक गरिएको सम्पत्ति विवरणमा सबैभन्दा धनी भौतिक पुर्वाधारमन्त्री रघुवीर महासेठ देखिएका छन् । अधिकांशले श्रीमतीको नाममा सम्पत्ति राखेका छन् भने विलासी जीवन यापन गर्नेहरु कतिपयको सम्पत्ति नै अपत्यारिलो छ ।
प्रधानमन्त्री केपी ओलीले बैंकमा ४२ लाख रुपैंया नगद राख्नुभएको छ । प्रधानमन्त्री पत्नी राधिका शाक्यको नाममा भक्तपुरको सुर्यबिनायकमा डेढ रोपनी जग्गा र ३ तलाका २ वटा घर छन् । यस्तै झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा तथा बिभिन्न बैंकमा १० लाख रुपैयाँ र राष्ट्रिय बचत पत्रमा २५ लाख बराबरको शेयर एवं १८ तोला सुन छ ।
यस्तै रक्षामन्त्री इश्वर पोखरेलको पत्नी मिरा पोखरेल ध्वजुको नाममा टोखा ६ मा २३ आनामा बनेको ३ तले घर छ । मिरा पोखरेल ध्वजुकै नाममा नगरकोटमा १२ रोपनी ११ आना र धादिङ खानीखोलामा ४ रोपनी जग्गा, बिभिन्न बैंकमा ६ लाख ४० हजार रुपैयाँ,वरुण हाइड्रोमा १० हजार कित्ता र कृषि विकास बैंकम २ सय कित्ता शेयर , मोर्डन कन्या मल्टिपल कलेजमा ५ हजार कित्ता शेयर छ भने मन्त्री पोखरेलको नाममा झापा चन्द्रगढीमा १२ कठ्ठा जग्गा, बैंकमा ७ लाख नगद देखाइएको छ ।
गृहमन्त्री रारामबहादुर थापाको मन्त्री पत्नी नैनकला थापाको नाममा भरतपुर-१० मा १ कठ्ठा जग्गा,अपर तामाकोशी हाइड्रोपावर लिमिटेडमा नैनकला थापाको नाममा १ सय ४६ कित्ता शेयर तथा सुन ६ तोला,नगद ३ लाख र बा ९ च ७४३२ नम्बरको डिजेलबाट चल्ने गाडी छ । यस्तै थापाका दुई वटा कुकुर पनि सम्पत्तिका रुपमा देखाइएको छ ।
सबैभन्दा धनी भौतिक पूर्वाधार मन्त्रीरघुवीर महासेठको ललितपुर र धनुषामा गरि पत्नी जुली महतोको नाममा ११ हजार बर्गफिट र सगोलमा ६५ सय बर्गफिटको जग्गा छ । उहाँकै नाममा ललितपुरमा साढे २ तले र धनुषामा साढे २ तले घर छ ।ललितपुरमा ४ रोपनी जग्गा र धनुषा तथा सिन्धुलीमा गरि ८ बिगाहा १४ कठ्ठा जग्गा छ । बिभिन्न बैंकमा ३९ करोड भन्दा बढि रुपैयाँको शेयर छ भने बिभिन्न बैंकमा २१ करोड ऋण देखाइएको छ ।
यस्तै महासेठको नाममा धनुषामा साढे १५ बिगाहा जग्गा तथा ५२ तोला सुन, डेढ केजी चाँदी र ७२ लाख नगद छ । दुइजनाकै नाममा ६ वटा क बर्गका बैंकमा खाता छ तर रकम कति छ भन्ने खुलाइएको छैन । महासेठको नाममा ऋण २६ लाख रुपैयाँ देखाइएको छ । उहाँको सगोलको परिवारका नाममा १ सय ४७ बिगाहा जग्गा छ ।

यसैगरी श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको काठमाडौंमा ४० लाखको घर देखाइएको छ । गुल्मीमा २ वटा घर
र ७ तोला सुन तथा आफ्नो खातामा ५४ हजार रुपैयाँ र श्रीमती प्रतिमा श्रेष्ठको खातामा ६ लाख ८२ हजार रुपैयाँ छ । यस्तै विष्टका एकहल गोरु, दुइवटा गाई,एउटा भैसीर चार वटा बाख्रालाइ पनि सम्पत्तिका रुपमा देखाइएको छ ।
उता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको बिराटनगर-१२ मा १ कट्ठा जमिनमा ५ कोठाको घर, सर्लाहीको बसबरियामा १ बिगाहा जग्गा र बैंकमा २५ लाख रुपैया छ भने श्रीमती विमलाको नाममा बैंकमा ३० लाख रुपैया र सुन १० तोला,चाँदी १५ तोला तथा काठमाडौको भैसेपाटीमा ४ आना जग्गा छ । लालबाबुको सम्पतिका रुपमा एक थान थोत्रो साइकल समेत देखाइएको छ ।
अर्थमन्त्री युवराज खतिवडाको काठमाडौं र भक्तपुरमा गरि १७ आना,झापामा १० कठ्ठा जग्गा छ । यस्तै पत्नी कमला खतिवडाको नाममा काठमाडौं र भक्तपुरमा ५ रोपनी १० आना तथा झापामा ४ बिगाहा जग्गा छ ।
खतिवडा परिवारसंग १० तोला सुन र १ किलो चाँदी छ भने ५ हजार कित्ता शेयर छ ।
खतिवडाको श्रीमान श्रीमतीको नाममा विभिन्न बैंकमा २ करोड रुपैया भन्दा बढी नगद छ । र बिभिन्न बैंकमा ६५ हजार डलर पनि छ । तर बिभिन्न व्यक्तिबाट लिएको ऋण २४ लाख पनि देखाइएको छ ।
यस्तै पुष्पकमल दाहालकी बुहारी तथा खानेपानी तथा सरसफाइ मन्त्रीबिना मगरले प्रकाश दाहालको नाममा २ कठ्ठा जग्गा देखाउनुभएको छ । यस्तै चितवनमा सीता दाहालको नाममा १ कठ्ठा जग्गा र स्कुटर,५ तोला सुन, १६ तोला चाँदी देखाइएको छ । नगद शुन्य भनिएको छ ।
– पर्यटन तथा नागरिक उड्डयनमन्त्रीरविन्द्र अधिकारीको काठमाडौं र पोखरामा गरी ३ वटा घर र कास्कीमा साढे ९४ रोपनी जग्गा तथा ६० तोला सुन, ३० किलो चादी र बैंक खातामा २४ लाख ५७ हजार नगद तथा ३० लाख २६ हजारको शेयर एवं २० लाखको कार छ ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बिभिन्न बैंकमा ३ लाख ८१ हजार रुपैयाँ र रुपाकोट सामुदायिक रेडियो खोटाङमा ५ हजार शेयर तथा खोटाङको रुवावेशी गाउपालिकामा २ मा २२ रोपनी पैत्रिक सम्पत्ति देखाउनुभएको छ ।यस्तै उर्जामन्त्री बर्षमान पुनले रोल्पा नगरपालिका ७ मा घर तथा सुन १५ तोला,चाँदी आधा किलो र नगद ७ लाख सम्पति भएको देखाउनुभएको छ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.