के बढ्यो के घट्यो, प्रत्येक निर्वाचन क्षेत्रलाई ४ करोड

काठमाडौ । जेठ १५ । सरकारले ल्याएके बजेटबाट चकलेट खेलौना र सवारीमा कर बढ्यो । अर्थमन्त्री खतिवडाले चुरोट र मदिराको अन्त:शुल्क बढाएको बताउनुभये । विदेशबाट आउँदा १ सय ग्रामसम्म सुन ल्याउन पाइने छ । चुरोटको उत्पादन र पैठारीमा प्रतिखिल्ली २५ पैसाका दरले स्वास्थ्य जोखिम कर लगाइने छ ।
बजेटबाट सरकारले ठूला सीसीको सवारीमा सवारीको इन्जिन क्षमताअनुसार अन्तःशुल्क कर बढाएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै १००० सीसी भन्दा ठूला सवारीमा कर बढाइएको छ । १५० सीसीभन्दा बढीका मोटरसाइकलमा अन्तःशूल्क बढाएको बताउनुभये ।
सरकारले कर्मचारीको तलबलाई यथावत् राखेको छ । तर, महंगी भत्ता २ हजार रुपैयाँ पुर्याेइएको छ ।
सरकारले सामाजिक सुरक्षा भत्ता अन्तर्गत दिइंदै आएको बृद्धभत्ता बढेन । तर ७० वर्षमाथिका बृद्धबृद्धालाई १ लाख रुपैयाँको बिमा हुने भएको छ । दोहोरो सामाजिक सुरक्षा भत्तामा भने रोक लगाइएको छ ।
सरकारले घर जग्गा खरिद बिक्री गर्न इजाजत लिनुपर्ने व्यवस्था गर्ने भएको छ । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण दिने भएको छ । शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज दरमा ७ लाख रुपैयाँसम्म ऋण दिने बजेटमा उल्लेख छ ।
चौतर्फि बिरोध भएपनि प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभाका सांसदको अगुवाइमा प्रत्येक निर्वाचन क्षेत्रलाई ४ करोड बजेट दिइएको छ । तराइ मधेश सम्वृद्दी कार्यक्रमका लागि २ अर्ब छुट्याइएको छ ।
सुचनामा नेपालीको पहुँच पुर्याइने छ । रेडियो नेपाल र टिभिलाइ एकिकृत गरिनेछ । पत्रकार दुर्घटना बिमालाइ अनुदान दिइनेछ । चलचित्र नगरी निर्माण गरिनेछ। बक्स अफिस प्रणाली लागू गरिनेछ । सबै स्थानीय तहसम्म अप्टिकल फाइवर विस्तार गरिनेछ ।
यातायातलाइ सुधार गरिनेछ । लाइसेन्स र यातायात दर्ता प्रदेशबाटै हुनेछ । यातायात ब्यवस्थापनका लागि १ अर्ब बजेट छुट्टाइएको छ । यही बर्षभित्र सबै नेपालीको बैक खाता खोलिनेछ । आगामी बर्षदेखि सरकारी कारोबार बैकमार्फत गरिने छ । १ अर्बभन्दा माथिका कम्पनी पुजीबजारमा जानुपर्नेछ । हुलाक बचत बैकलाइ खारेज गरिनेछ । जिवन तथा निर्जिवन बिमा कम्पनीलाई ब्यवस्थित गरिनेछ । लगानी बोर्डको पुनसंरचना गरिनेछ ।
भष्टाचारमा शुन्य सहनशिलताको नीति अपनाइनेछ । भष्टाचार गर्ने र गराउनेलाइ कानूनी दायरामा ल्याइनेछ । सार्वजनिक संस्थानलाइ पारदर्शी र नियमित गरिनेछ । निशुल्क कानूनी सेवा प्रभावकारी बनाइनेछ । न्यायपालिकालाई पनि प्रभावकारी बनाउन काम गरिनेछ । शान्तिप्रकृयाका बाँकी काम पुरा गर्न ध्यान दिइनेछ ।
सुरक्षा निकायलाइ देश र जनताको हितसँग जोडिनेछ । सबै नागरिकलाई परिचयपत्रको ब्यवस्थालाई तिव्र बनाइनेछ । कर्मचारीको सेवाप्रवाह प्रभावकारी बनाइनेछ । तलव पुनरावलोकन गर्न तलव आयोग बनाइएको छ। कर्मचारीको बिमामा आधा सहयोग दिइनेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.