प्रधानमन्त्री ओली ६ दिने चीन भ्रमणमा, उत्तरका शासक किम पनि चीनकै भ्रमणमा

बुटवल । असार ५ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका क्रममा आज चीन जानुभएको छ । प्रधानमन्त्री ओली बेइजिङ पुगेपछि नेपाली दुतावासले आयोजना गरेको कार्यक्रममा सहभागी र भोलि चीनका राष्ट्रपति सी जिन पिङसँ्बग उच्चस्तीय भेटवार्ता गर्न कार्यक्रम छ ।
प्रधानमन्त्रीको भ्रमणमा यसअघि भएको सम्झौता कार्यान्वयन तथा सहयोग र संयुक्त लगानीका विषयमा छलफल हुनेछ भने तातोपानी नाका पुनसञ्चालन गर्ने , व्यापार घाटा न्यूनीकरण, बीआरआई, रेल, सडक र ऊर्जाक्षेत्रको समझदारीमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । दोश्रो पटक सरकारमा पुगेपछि प्रधानमन्त्री ओलीको यो पहिलो चीन भ्रमण हो ।
कार्यबहाक प्रम पोखरेल
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले प्रधानमन्त्री श्री के.पी. शर्मा ओली मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणको सिलसिलामा सम्वत् २०७५ साल असार ५ गते मंगलबार चीनतर्फ प्रस्थान गर्नु भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको
संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।

यसैबीच उत्तर कोरियाका नेता किम जोङ–उन चीनको दुई दिने भ्रमणमा गएका छन् । आफ्नो देशमाथि लाग्दै आएको प्रतिबन्ध तथा अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पसँगको वार्ताको क्रममा गरेको प्रतिबद्धताका बारेमा छलफल गर्न किम चीन गएका हुन् । ट्रम्प र किमबिच गतसाता सिंगापुर वार्तामा परमाणु निशस्त्रिकरण्ण तथा कोलियाली प्रायद्विपमा शान्ती स्थापनाका लागि एकीकृत प्रयास गर्ने सहमति भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.