कांग्रेस जिल्ला सभापतिहरुको भेला हेटौंडामा

बुटवल । असार ५ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला हेटौंडामा सुरु भएको छ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनपछि पहिलोपटक जिल्ला सभापतिहरुको भेला बोलाइएको हो । भेलाले पार्टीको आगामी रणनीति र विधानको विषयमा मस्यौदा तयार पार्ने छ ।

भेलामा पार्टी सभापति शेरबहादुर देउवा पक्षधर र वरिष्ट नेता रामचन्द्र पौडेले पक्षधरबीच एकअर्कालाइ चुनावी परिणामबारे टिप्पणी गर्ने योजना दुबैपक्षले बनाएका छन् । पार्टीको सुदृढीकरण र बढ्दै गएको गुटगत राजनीति अन्त्यको माग गर्ने तयारी जिल्ला सभापतिहरुको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरहरु सभापति शेरबहादुर देउवाको आलोचनाको तयारीमा जुटेका छन् । उनीहरु देउवालाई कमजोर बनाउन सके आफ्नो भूमिका बढ्ने दाउमा छन् । तर देउवा पक्ष भने नेतृत्वको बचाउ गर्नेगरि रक्षात्मक अवस्थामा छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.