लायन्स क्लब अफ शंकरनगरको पद हस्तान्तरण

सामाजिक सेवामा समर्पितभावनाले लायन्स क्लब अफ शंकरनगरको बर्ष २०१८ १९ को कार्य समितिलाई पद हस्तान्तरण कार्यक्रम एक भव्य समारोहका विच दरवार लोङ्ग जोगीकुटीमा सम्पन्न भएको छ ।
डिष्ट्रि«क क्याबिनेट सेक्रेटरी लायन उमंग देवकोटाको प्रमुख आतित्थमा सम्पन्न उक्त कार्यक्रममा बर्ष १७ १८ का अध्यक्ष लायन संतोष गौतमले आफ्नो कार्यकालमा भएका सामाजिक गतिबिधिहरुको बारेमा जानकारी गराउदै बर्ष १८ १९ का अध्यक्ष लायन श्रवण कुमार जैसवाल लाई पद हस्तारण गरेका थिय । उक्त कार्यक्रममा बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक उप समितिका संयोजक हिरामणी भण्डारी ले आगामी बर्षका कोषाध्यक्ष लायन प्रकास आत्रेयलाई कोष तथा लेखा विवरण हस्तान्तरण गरेका थिए । बर्ष १७ १८ का सचिब लायन रमेश शाहीले बर्ष १८ १९ का सचिब मुकुन्द ज्ञवालीलाई माइन्युट दिदै पद हस्तान्तरण गरे । कार्यक्रम सचिब मुकुन्द ज्ञवालीले गरेका थिय । कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रि«क क्याबिनेट सेक्रेटरी लायन उमंग देवकोटाले लायन्स सदस्यहरुले सामाजिक सेवामा समर्पित भएर उत्कृष्ट कार्य गर्नु पर्ने बताउनु भयो । उहाले लायन्य क्लबले डिष्ट्रि«कको तहबाट यस क्षेत्रमा गर्न गैरहेका केही परियोजनाहरु जस्तै ब्लड बैक स्थापनाको बारेमा जानकारी गराउनु भएको थियो ।
पुरानो कार्य समितिलाई बधाई तथा नया समितिलाई शुभकामना व्यक्त गर्दै अतिथिहरु संस्थापक अध्यक्ष एवं डिष्ट्रि«क चिफ लायन किरण खरेल, डिष्ट्रि«क चिफ लायन यम पुन एडिस्नल डिष्ट्रि«क सेक्रेटरी लायन अर्जुन ब कार्की, एडिस्नल डिष्ट्रि«क टे«जरर लायन जिवन गौतम लक्ष्मण रेग्मी,यादव भट्राई, बालकृष्ण अर्याल,हरी पौडेल ,मित्र न्यौपाने लगायतका वक्ताहरुले आफ्नो मन्तब्य राख्दै संस्थाको भावना र मर्म बुझेर समाज सेवामा लाग्न आग्रह गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य जोन चियर पर्सन लक्ष्मण पाठक र धन्यबाद मन्तब्य लायन संतोष गौतमले गर्नु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.