प्रदेश नम्बर ५ को सरकारले पर्यटन क्षेत्रको विकासमा चासो नदिएको गुनासो

प्रदेश नम्बर ५ को सरकारले पर्यटन क्षेत्रको विकासमा चासो नदिएको सांसदहरुले टिप्पणी गरेका छन । सोमबार बसेको प्रदेशसभाको बैठकमा वोल्ने सांसदहरुले सरकारले सामानुपातिक न्यायोचित रुपमा बजेट छुट्टाउँन नसकेको बताएका छन । सांसद कृष्ण प्रसाद न्यौपानेले सरकारमा ईच्छा शक्तिको कमी देखिएको बताए । प्रर्यटन क्षेत्रको विकासबाट मात्र प्रदेशको समृद्धि हुने बताईए पनि पर्यटन क्षेत्रको विकासमा सरकारले चासो नराखेको उनको भनाई छ । देवदह, रामग्राम , सैनामैना ऐतिहासिक स्थल भएपनि प्रदेश सरकारले प्रयाप्त बजेट छुट्टाउन नसकेको न्यौपानेले बताउँदै ईच्छा शक्ति भए १०वर्षमा गर्ने काम २ वर्षमा गर्न सक्न बताएका छन । त्यस्तै सांसद सन्तोष कुमार पाण्डेयले पर्यटन क्षेत्रको मुख्य आधार भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी , तिलौराकोट, रामगा्रमलाई नै छोडेर बजेट आएकोमा टिप्पणी गरेका छन । सांसदहरुले लुम्बिनीलाई जोडेर सम्बोधन गर्ने भएपनि बिनियोजित बजेटमा लुम्बिनीलाई छोडेर अन्यन्त्र अभ्यास भएको बताउँदै भैेतिक पुर्वाधारको लागि सञ्चालित गुरुयोजनालाई सम्पन्न गर्न सके प्रदेश नम्बर ५ लाई विकसित गर्न सकिने बताए सांसद कूल प्रसाद पोखरेलले आर्थिक वर्षको लागि सार्वजनिक भएको बजेटम शिद्दान्त , उत्पादन , बिनियोजन ,वितरण र राजस्व निर्माण गर्ने विषयमा सान्द्रभिक भएपनि कार्यान्वयन चुनौती रहेको बताएका छन । उन्नत प्रदेश बनाउँन आफुहरु लागेपनि सांसद योजनामा बर्दिया समावेश हुन नसकेको टिप्पणी गर्दै जनतालाई के जवाफ दिने सांसद पोखरेलले गुनाशो पोखेका छन । सांसद ईन्द्र प्रसाद खरेलले सामानुपातिक न्यायोचित बजेट आउँन नसकेको बताएका छन । कुनै पनि पक्षपात नगरी सामानुपातिक तरिकाले बजेट आउँने मूख्यमन्त्री बताए पनि दाङ र रुपन्देहीलाई मात्र प्राथमिकता दिएको बताए । संसदको अर्काे बैठक भोली दिउँसो १ बजे बस्ने भएको छ ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.