फोटो पत्रकारिताले प्रदेशको विकास र शुसान कायम गर्नपनि महत्वपूर्ण हुने भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरी

 

पत्रकार महासंघ रुपन्देही र सूचना तथा प्रसारण विभागको संयुक्त आयोजनामा बुटवलमा फोटो पत्रकारिता तालिम शुरु भएको छ । फोटो पत्रकारितामा पत्रकारहरुलाई थप दक्षता र क्षमतावान बनाउने उद्वेश्यले तालिमको आयोजना गरिएको हो । तिन दिनसम्म चल्ने उक्त पत्रकार सेवा तालिममा रुपन्देहीका ३० जना क्रियाशील पत्रकारको सहभागिता रहेको छ । यही १४ गतेसम्म चल्ने उक्त फोटो पत्रकारिता तालिमको मंगलबार एक कार्यक्रमबीच पांच नम्बर प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरीले उद्घाटन गरेका थिए । सोही कार्यक्रममा बोल्दै मन्त्री चौधरीले पत्रकारिता भित्रको फोटो पत्रकारिता महत्वपूर्ण पक्ष रहेको बताए । उनले लामालामा समाचार पढेर भन्दा एउटै फोंटो हेरेर धेरै बुझ्न सकिने बताए ।
फोटो पत्रकारिताको माध्यामबाट प्रदेश नम्बर पांचको विकास गर्न र शुसान कायम गर्नपनि फोटो पत्रकारिताको महत्वपूर्ण योगदान रहन सक्ने बताए । पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डेले पत्रकारहरुको दक्षता अभिवृद्विका लागि फोटो पत्रकारिता तालिमले पत्रकारहरुलाई सहयोग पुराउने बताए । महासंघका अध्यक्ष यानेन्द्र जीसीको अध्यक्षता र सचिव रामप्रसाद आचार्यको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । फोटो पत्रकारिता तालिमको पहिलो दिन मंगलबार सूचना तथा प्रसारण विभागका निर्देशक समुन वर्जचार्य, डाक्टर विजय मिश्र र मिनप्रसाद घिमिरेले सहजीकरण गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.