पुरानो मानसिकता अनुरुप काम गर्न खोज्नु संविधान अनुरुप नहुने मुख्यमन्त्री शंकर पोखरेल

मुख्यमन्त्री शंकर पोखरेलले सुरक्षा निकाय अझै प्रादेशीक ढाँचामा नआएकाले विपद व्यवस्थापनमा पनि समस्या भएको बताउनुभएको छ । उहाँले क्षेत्रीय ढाँचामा रहेका सुरक्षा निकायका संरचना प्रादेशिक ढाचामा आउनुपर्ने धारणा राख्नुभयो । प्रदेश पाँचको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश पांचका प्रमुख जिल्ला अधिकारी र सुरक्ष्ाँ निकायका प्रमुखहरुको लागि लागि आयोजित विपद् सुरक्ष्ाँ गोष्ठिको को उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले विपद् पुर्वको तयारी संगै विपद्पछिको उद्दार, उपचार, राहत र पुनसर््थापनमा एकरुपता ल्याउनुपर्ने बताए
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले नेपाल प्रहरी प्रादेशिक ढाँचामा आएको भनिए ट्राफिक प्रहरी क्षेत्रिय ढाँचामै रहेको उल्लेख गर्नुभयो । शसस्त्र र अनुसन्धान विभाग पनि प्रादेशीक ढाँचामा आइसकेका छैनन् । मुख्यमन्त्रीले पोखरा र सुर्खेतले यो ठाउँलाई नियमन गर्नुपर्ने अवस्था कति प्रभावकारी होला भनि प्रश्न गर्नुभयो । उहाले विपद् व्यवस्थापन वा अन्य कुनैपनि उद्धार, राहत र पुनसर््थापनाका कामहरु कसैको कमाण्डविना गर्न नसकिने भन्दै प्रदेशमा हुने विपद् व्यवस्थापन र सुरक्षाका कामको नेतृत्व प्रदेश सरकारले लिने बताएका हुन् । उहाँले सेना र ससस्त्र प्रहरी संघिय सरकार मातहत हुनुपर्नेमा विबाद नभएको तर विपतको बेलमा भने प्रदेश मातहत हुनुपर्ने तर्क गर्नुभयो । संघिय सरकारका हौं भनेर बसेमा विपत व्यवस्थापन कार्य नहुने भन्दै दाबी गर्नुभयो । कार्यकारी अधिकारकोे हिसाबले संघ र प्रदेश एकअर्कामा निर्भर रहेको बताए । आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीको अध्यक्ष्ँता, सचिव प्रेम प्रसाद भट्टराईको स्वागत तथा विपद् व्यवस्थापन शाखाका अधिकृत देविराम पाठकको संचालनमा भएको उद्घाटन शत्रमा प्रमुख सचिव शंकर पाठकले उद्देश्यमाथी प्रकाश पारेका थिए । गोष्ठिमा प्रदेशमा हुने विपद् पछिको व्यवस्थापन, उद्धार, उपचार, राहत र पुनसर््थापनमा गर्नुपर्ने तयारीको बारेमा छलफल सहित योजना तय गरिने बताईएको छ । गोष्ठीमा प्रदेशका प्रहरी कार्यालयका डिआइजी, १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकारी, ससस्त्र प्रहरी बल र अनुसन्धान अधिकारीहरुको सहभागीता रहेको छ ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.