बुटवल,असार १५ । सरकारले विदुषी योगमाया विश्व विद्यायलय स्थापनाको प्रकृया अघि बढाएको छ । मन्त्रीपरिषदको शुक्रवारको बैठकले आयुर्वेद शिक्षा अध्ययन हुने गरि स्थापना गरिने विश्वविद्यालयका लागि कानुन बनाउन सहमति दिने निर्णय गरेको कानुन मन्त्रीशेरबहादु तामाङले जानकारी दिनुभयो ।
यसैगरी मन्त्रिपरिषद्को बैठकले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजना निर्माणका लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
यस्तै सशस्त्र प्रहरी बल गठन, संचालन र सेवा शर्तहरुको व्यवस्था गर्ने सम्बन्धमा विधेयक बनाउन सैद्दान्तिक स्वीकृति समेत दिएको छ ।