एनआईसीको लबनी शाखा

कपिलबस्तु, १५ असार । बैक पनि साथीपनि भन्ने मुख्य नाराका साथ आर्थिक क्षेत्रमा फड्को मारेको एनआईसी एसिया बैंकको कपिलबस्तुको लबनीमा शाखा कार्यालयको स्थापना गरेकेा छ ।
बैंकको स्थानिय स्तरमा जाने अभियान अन्र्तगत शाखाको स्थापना गरिएको एनआईसी एसिया बैंकको सुचना शाखाले जानकारी दिएको छ ।
शाखा स्थापना पछि लबनी क्षेत्रका जनताले बंैक मार्फत आर्थिक कारोवारमा सहजता पाउने भएका छन् ।
बिहिवार शाखाको उद्धघाटन गर्दै शुद्धोधन गाउापालिका प्रमुख निसार अहमद खााले एनआईसी एसिया बैंकले स्थानिय स्तरमा गरेको बैंकिङ सहयोग महत्वपुर्ण रहेको बताए ।
उनले गाउाघरमा मानिसहरुले अझ पनि बैंकिङ सेवा लिन बाट बञ्चित रहेको भन्दै सवै नेपालीको आर्थिक कारोवार बैंक बाट हुनुपर्नेमा जोड दिए । बैंकका लबनी शाखाका प्रवन्धक मोहन खत्री उद्धघाटन समारोहमा सहभागीहरुलाई स्वागत गर्दै बैंकको बिषयमा जानकारी दिएका थिए ।
काठमान्डौमा केन्दि्रय कार्यालय रहेको र्बैकको नेपालभर २ सय २४ शाखा छन् । कुलपुजी ८ अर्ब ३ करोड छ । १० वटा शाखा रहित बैंकिङ सेवा र १२ वटा एक्स्टेन्सन कार्यालय रहेको बंैकले जानकारी दिएको छ ।
लुम्बिनी अञ्चलमा बैंकिङ सेवा प्रदान गर्नका लागी बुटवलमा क्षेत्रिय कार्यालय खोलि यसक्षेत्रमा ३९ वटा शाखा कार्यालय र एउटा एक्स्टेन्सन मार्फत कारोवार समेत बैंकले सुरु गरेको एनआईसी एसिया बैंकले जानकारी दिएको छ ।
सन् १९९८ जुलाई २१ मा बिराटनगरमा स्थापना भएको बंैकले विभिन्न बैंकहरु संग मर्च गर्दै अहिले आफ्नो गरिमालाई राष्ट्रियस्तर सम्म पुराउदै क श्रेणीको रुपमा स्थापित भएको हो ।
बैंकका लबनी शाखाका प्रवन्धक खत्रीका अनुसार बैंकले निकट भविष्यमा ३ सय बढी शाखा, ४ सय बढी एटिएम काउन्टर, २ सय भन्दा बढी शाखा रहित बैंकिङ सेवा, रेमिट्यान्स सेवा, पे आउट एजेन्ट दश हजार बढी र २ हजार पिओएफ सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

बैंकको हाल सम्मको कुल निक्षेप संकलन १ खर्ब ४३ अर्ब रहेको छ भने कर्जा लगानी १ खर्ब १९ अर्ब भन्दा बढी रहेको छ । आर्थिक वर्ष २०७३/०७४ को कुलमुनाफा १अर्व ४७ करोड बैंकले गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.