नेपाल भारत प्रबुद्द समुहको बैठक काठमाडौंमा

बुटवल,असार १५ । सन १९५० को असमान सन्धी पुनरावलोकन गर्ने प्रतिवेदन तयार गर्न नेपाल भारत प्रबुद्द समुहको बैठक काठमाडौंमा शुरु भएको छ ।
दुइदिनसम्म चल्ने बैठकले सन् १९५० को शान्ति तथा मैत्री सन्धी पुनरावलोकन गर्न समावेश गरिने बिषययको टुंगो लगाएर दुबै सरकारलाई प्रतिवेदन बुझाउने तयारी छ ।

२०७३ साल असारमा काठमाडौँमा पहिलो बैठक बसेको ईपीजीका चार बैठक काठमाडौ र चार बैठक भारतको दिल्लीमा बसेका थिए ।

२०७२ मा गठन भएको प्रबुद्ध समूहको काठमाडौंको यो अन्तिम बैठक हो । काठमाडौ बैठकले सीमा व्यवस्थापन, सुरक्षा, जलश्रोत, डुबान समस्या लगायतका मुद्दा कसरी समाधान गर्ने भन्ने पनि सुझाव प्रतिवेदनमा दिनेछ ।

ईपीजी सचिवालयका अनुसारबैठकले तयार पार्ने प्रतिवेदनका बिषय तथा बैठकका उपलब्धी बारे शनिवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिनेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.