राष्ट्रिय धान दिवस कृषिमा ध्यान दिऔं, उत्पादन बढाऔ मुख्य मन्त्री पोखरेले, असारे भाका गीत गाउदै रोपाईमा सयौ किसान छमछमि नाचे

 

  • राष्ट्रिय धान दिवस

    कृषिमा ध्यान दिऔं, उत्पादन बढाऔ मुख्य मन्त्री पोखरेले

    असारे भाका गीत गाउदै रोपाईमा सयौ किसान छमछमि नाचे

    बुटवल, १५ असार ।
    ‘धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’ भन्ने मुल नाराका साथ १५ औ राष्ट्रिय धान दिवस मनाइएको छ । धान दिवसको अवसरमा प्रदेश नम्बर ५को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजना सैनामैनामा धान महोत्सव मनाइएको छ । धान महोत्सवलाई सम्बोधन गर्दैै प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले प्रदेश सरकार कृषिमा वृहत्तर विकास गर्ने किसीमका योजनाहरु ल्याएको बताएका छन् ।
    देशकै नमुना विभिन्न कार्यहरु पनि मन्त्रालयबाट ल्याइएको जनाउदै मुख्य मन्त्री पोखरेलले सबैको साझा पहल भएमा लक्ष्य प्रप्ती गर्न सकिने धारणा राखे । कार्यक्रममा बोल्दै मुख्य मन्त्री पोखरेले अव स सानो क्षेत्रमा कृषि तथा पशुपालन गर्ने नभई वृहतर रुपमा कृषि क्षेत्रमा किसानहरुले काम गर्नुपर्ने बताएका हुन । आफ्नो जमिन नभएका किसानहरुलाई सरकारले नै जमिनको भाडा तिर्ने गरी करार कृषि खेतीको समेत अवधारण ल्याइरहेको परिपक्ष्यमा किसानहरुले वृहत्तर रुपमा योजना बनाएर आगाडी बढेमा लगानीको प्रतिफल बढि हुने मुख्य मन्त्री पोखरेलको भनाई रहेको छ ।
    कृषिलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ भन्ने योजनाको साथ यस बर्ष प्रदेश सकारले भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मार्फत स्मार्ट कृषि गाउँको समेत अवधारण ल्याइएको जानकारी दिदै मुख्य मन्त्री पोखरेलले आगामी बर्ष यसलाई थप विस्तार गरी नमुना प्रदेशको रुपमा विकास गरिने समेत जानकारी गराए । पाईलट प्रोजेक्टको रुपम अगाडी बढाइएको स्मार्ट कृषि गाउँमा माटो परिक्षण देखि लिएर सबै आधुनिकीकरणका प्रविधिहरु विकास गरी खेती गरिने छ । एकै चोटी सबै निर्वाचन क्षेत्रमा उक्त कार्यक्रम अगाडी बढाउने जानकारी गराएका हुन ।

यस्तै कार्यक्रममा बोल्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश बजेटमा कृषि क्षेत्रा नेपालकै नमुना कार्यको रुपमा विभिन्न कार्यको सुरुवात प्रदेश सरकारले गर्ने गरी योजना ल्याएको मन्त्री पौडेलको भनाई रहेको छ । नेपालमै पहिलो पटक एनिमल एम्बुलेन्स, एक निर्वाचन क्षेत्र एक कृषि नमुना गाउँ, ४ वटा कृषि होम स्टे सञ्चालनका साथै आफ्नो जमिन नभएका किसानहरुलाई करार खेती लगायतका केही नमुनायोग्य कार्य अगाडी सारेको मन्त्री पौडेलको भनाई रहेक थियो । धान खेती सबैभन्दा महत्वपूर्ण खेती भएको कारण बढ्दो सहरी करण, खण्डीकरण संगै खेती योग्य जमिन बढाउनु चुनौतिको रहेको भुमि बढाउनु भन्दा पनि अवको लक्ष्य उत्पादन बढाउनु तर्फ केन्द्रीत हुने मन्त्री पौडेलको भनाई रहेको छ ।
कार्यक्रममा मुख्य मन्त्री शंकर पोखरेल र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल, भौतिक योजना तथा पुर्वाधार मन्त्री बैजनाथ चौधरी लगायत मन्त्रालयका सचिव यम नारायण देवकोटा लायतले खेतमा धान रोपेर रोपाई महोत्सवको सुरुवात गरेका थिए । सयौ किसान, सुभेच्छुकहरुको सहभागीता रहेको कार्यक्रममा असारे भाका गीत गाउदै रोपाईमा भाग लिएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.