कुर्घा समाजद्वारा रक्तदान , एकसय पच्चिस जनाले रक्तदान गरे

बुटवल, असार १७ । गुल्मी कुर्घा रुपन्देही सम्पर्क समाजको आयोजनामा शनिबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १२५ जनाले रक्तदान गरेका थिए । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सांसद खड्कबहादुर खत्रीसमेतको सहभागिता रहेको थियो । सो अवसरमा बोल्दै मन्त्री बरालले आफू जहाँ बसेर पेशा व्यवसाय गरे पनि आफ्नो जन्मभूमिलाई भुल्न नहुने बताए । उनले गुल्मी कुर्घा रूपन्देही सम्पर्क समाजले गरेको सामाजिक कार्यको प्रशंसा गरे । मन्त्री बरालले गुल्मीको विकास र उन्नतिमा आफू सधै प्रतिवद्ध रहेको कार्यक्रममा दोहो¥याए । पौदी अमराई सम्पर्क समाजका अध्यक्ष लिलाधर गौतम, मिलन रामश्रवण ज्ञानज्योति टोल विकास संस्थाका अध्यक्ष पुनम रजालीलगायतको समेत सहभागिता रहेको कार्यक्रम समाजका अध्यक्ष तेजनारायण अर्यालको अध्यक्षतामा भएको हो । कार्यक्रममा अध्यक्ष अर्यालले रक्तदान कार्यक्रममा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनले आगामी दिनमा समाजले अन्य रचनात्मक कामहरु गर्दै जानेसमेत जानकारी गराए । राधा शर्मा ज्ञवालीको संयोजनमा कार्यक्रम भएको हो । समाजका सदस्य प्रकाश थापाको स्वागत तथा सल्लाहकार भेषराज शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा एकसय पच्चिस जनाले रक्तदान गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.