सरकार अधिनायकबादतर्फको बाटोमा गईरहेको आरोप पशुपति शमशेर राणा

 

बुटवल, १९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणा वर्तमान सरकार अधिनायकबादतर्फको बाटोमा गइरहेको आरोपलगाएका छन् । पहिले नैं भएका आयोगहरु सहित सम्पती सुद्धिकरण, राजश्व अनुसन्धान, र राष्ट्रिय अनुसन्धान आयोगलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याउनुले कार्यशैलीले त्यसको पुष्टाई भएको दाबी गरे । उनले जनताको नामलिएर सरकारले केहि गलत निर्णय गर्न खोजेको समेत बताए ।

रिपोर्टर्स क्लब नेपाल, रूपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राणाले भने, ‘सत्ता सञ्चालन गरेका दलका नेता÷मन्त्रीहरूबाट संविधान संशोधन गरी कार्यकारी राष्ट्रपति सहितको शासन व्यवस्था ल्याउन पनि सकिने भन्ने अभिव्यक्ति त्यसको आधार हो ।’ बाईट
उनले सरकार विना योजना अगाडी बढे ब्यापार घाटा डरलाग्दो हुने बताए । उनले राप्रपा संग पार्टि एकिकरणको दुवैतर्फ बार्ता टोली बनाएर अगाडी बढाएको बताए ।
नेता राणाले वृहत प्रजातान्त्रीक एकीकरण भएमात्र प्रजातन्त्रको रक्षाहुने भन्दै काग्रेस, राप्रपा ,राप्रपा प्रजातान्त्रीक राजपा सहतिको साना ठुला दल एक भएर प्रजातान्त्रीक मोर्चाबनाउनु पर्नेमा जोड दिए ।
एक फरक प्रर्सगमा नेता राणाले पुर्व राजा ज्ञानेन्द्र संग नियमित भेटघाट हुनेगरेको तर पार्टि एकताको विषएमा उहाँ संगकुरा नभएको पनि बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.