काठमाडौ । पावर लिफ्टिङका अन्तर्र्रािष्ट्रय च्याम्पियन रुप कार्कीले बुधबार काठमाडौंमा नेपालमा पावर लिफ्टिङ खेल प्रदर्शन गर्दै उक्त खेल खेल्न इच्छुक खेलाडीहरुलाई प्रशिक्षण दिनु भयो । प्रशिक्षणका क्रममा उहाँले पावर लिफ्टिङका तीन वटै चरणहरु खेल्दा अपनाउनु पर्ने विधी प्रकृयाका बारेमा आफैंले प्रदर्शन गर्दै खेलाडीहरु अभ्यास समेत गराउनु भयो ।
पावर लिफ्टिङ खेलका बारेमा कम जानकारी भएका तर शारीरिक सुगठन र भारोत्तलन लगायतका खेलमा अभ्यास गरिरहेका खेलाडीहरुले रुची र उत्साहका साथ सहभागिता जनाएका थिए ।
काठमाडौ महाराजगञ्ज स्थित जीमखाना पुअ थाईमा भएको उक्त प्रदर्शनी तथा प्रशिक्षणमा खेलाडी तथा खेलप्रेमीहरुको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा बरिष्ठ कलाकार सरोज खनाल, खेलकूद परिषद्का सदस्य रीम रानाभाट, मदन भण्डारी स्पोटर्स एकाडेमीका अध्यक्ष विनोद श्रेष्ठ, उपाध्यक्ष धु्रव आचार्य तथा यस अघि पावर लिफ्टिङ खेलमा एशियाली पदकविजेताहरु ज्ञानेन्द्र नकर्मी, वुद्धीजंग कार्की, जीवन गिरी, काठमाडौं बडी बिल्डिङ एशोसिएसनका अध्यक्ष सुरेश सुवेदी, भक्तपुर बडी बिल्डिङ एशोसिएसनका अध्यक्ष बाबुकाजी मानन्धर, कराँते कोच केदारमान स्थापीत लगायतका ख्यातीप्राप्त खेलाडीहरुलगायत तीन दर्जन प्रशिक्षार्थीहरुको उपस्थिति थियो । प्रशिक्षणको अन्त्यमा जीमखानाका संयोजक राउल मोक्तान र खेलाडीहरुले रुप कार्कीलाई विशेष सम्मान प्रदान गरेका थिए । कार्कीले यस पटकको नेपाल बसाईमा बुटवल, नारायणगढलगायतका विभिन्न स्थानमा पटक पटक पावर लिफ्टिङ खेलको प्रशिक्षण र कार्यशाला सञ्चालन गरि सक्नु भएकोछ ।
गैरआवासिय नेपाली संघ अमेरिकाकाको विशेष सहयोगमा पावर लिफ्टिङ खेलको प्रशिक्षण एवं कार्यशाला संचालनका लागि कार्की नेपाल आउनु भएको हो । खेलाडी, खेलप्रेमी र प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्दै कार्कीले आफूले आफ्नो क्याटागोरीमा विश्वका तीन दर्जन भन्दा बढी प्रतिष्पर्धीहरुलाई उछिनेर विश्वविजेता बन्न सफल भएको बताउनु भयो । उहाँले नेपालमा पनि यो खेलको संभावना राम्रो भएकोले यसको प्रवद्र्धन गर्न आफू नेपाल आएको बताउनु भयो ।
अमेरिकाको भर्जि्नियामा बसेर पावर लिफ्टिङ खेलका विभिन्न प्रतिष्पर्धाहरुमा भाग लिँदै २०१५ देखि लगातार अमेरिका च्याम्पीयन बन्दै आउनु भएका कार्कीले गत बर्ष पावर लिफ्टिङको आईपीएल प्रतियोगितामा प्रथम स्थान हासिल गरि विश्व च्याम्पीयन बन्न सफल हुनु भएको हो ।