बुटवल । असार २१ ।नेपाली कााग्रेस संसदीय दलको प्रतिनिधि टोलीले आज काठमाडौं स्थित वीर अस्पताल पुगी छोरा कृष्ण अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग राखी अनसनरत गंगामाया अधिकारीको स्वास्थ्य उपचारका बारेमा जानकारी लिएको छ । प्रतिनिधि टोलीमा कााग्रेसका प्रतिनिधि सभा सदस्य पार्वता डिसी चौधरी, लक्ष्मी परियार, डा. अमरेश कुमार सिंह, प्रमिला राई, बिमला नेपाली, देवप्रसाद तिमिल्सिना र नमिता कुमारी चौधरी सहभागी हुनुहुन्थ्यो । कााग्रेस प्रतिनिधि टोलीसाग गंगामाया अधिकारीले आफ्ना मागप्रति वर्तमान सरकारले कुनै चासो नदेखाएकाले सरकारको कुनै विश्वास नरहेको बताउनुभयो । अधिकारीसाग छोटो कुरा गर्दै कााग्रेस प्रतिनिधि टोलीले गंगामायाको स्वास्थ्य अवस्था र मागका सम्बन्धमा आफूहरु गम्भीर रहेको बताउादैं संसदमा कडा रुपले प्रस्तुत हुने प्रतिबद्धता जनाउनुभएको थियो । प्रतिनिधि टोलीले वीर अस्पतालका कार्यकारी निर्देशक डा. भूपेन्द्र बस्नेत र स्वास्थ्य उपचारमा संलग्न चिकित्सकहरुसाग स्वास्थ्यका बारेमा जानकारी लिदाा गंगामायाको मुटुको चाल कम हुनुका साथै स्वास्थ्य अवस्था कमजोर भएकाले औपधी दिनलाई समेत कठिनाई भएको बताउनुभयो । आज बसेको कााग्रेस संसदीय दलको बैठकले अनसनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था र जुम्लामा अनसनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न एक प्रतिनिधि टोली पठाउने निर्णय गरेको थियो । डा.केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बिहिबार एक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।