सशस्त्र प्रहरीका पाच जना एआइजीको राजीनामा

बुटवल । असार २१ । सरकारले निर्वाचन आचार संहिता लागु भएपछि तत्कालिन शेरबहादुर देउवा सरकारले गरेका राजनीतिक नियुक्ती खारेज गर्ने निर्णय गरेको भोलीपल्टै सशस्त्र प्रहरीका पाच जना एआइजीले पदबाट राजीनामा दिएका छन् ।
मन्त्रीपरिषदको बुधवारको बैठकले देउवा नेतृत्वको सरकारले २०७४ भदौ १४ गतेदेखि फागुन ३ गतेसम्म प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र कम्पनीमा गरेका नियुक्तीहरु खारेज गर्ने निर्णय गरेको छ । त्यसै अनुसार गत माघ १७ बढुवा भएर फाजिलमा राखिएका सशस्त्र प्रहरी बलका पााच अतिरिक्त महानिरीक्षकद्धारा राजीनामा दिएका हुन् ।
एआइजीअरु जानकी भट्टराई,सुबोध अधिकारी,निराकारम बिक्रम शाह , खडानन्द चौधरी र राजेश श्रेठले राजीनामा दिएका हुन । उनीहरुलाइ देउवा सरकारले विना योजनै आफ्नालाई अवसर दिन पद बढुवा मात्रै गरिएको थियो । तर तिनीहरु मध्ये कसैले जिम्मेवारी पाएका थिएनन् । उनीहरुले घटुवा हुनेभएपछि राजीनामा दिएका हुन ।

बिहिवारको मन्त्रीपरिषदले संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिएर परिमार्जनसहित पुनस् संसदमा पेश गर्ने निर्णय पनि गरेको छ । बैठकले संसदमा पेश भएको विधेयक फिर्ता लिने निर्णय गरेको हो । चिकित्सा शिक्षा विधेयक अध्यादेशमार्फत सरकारले मेडिकल माफियाहरुको स्वार्थ सिद्ध हुने गरी संशोधन पेस भएको भन्दै डाक्टर गोविन्द केसी अनशनरत छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकको विरोध गरेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.