वाङ्मयद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

वाङ्मयद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न
बुटवल, असार–।
लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीले समृद्धिका लागि साहित्य, कला र संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम दीप बोर्डिङ हाई स्कूल बुटवलमा सम्पन्न गरेको छ ।    कार्यक्रममा बोल्ने वक्ताहरूले विकासका निम्ति साहित्य, चित्रकला, मूर्तिकला, गीत सङ्गीत, संस्कृति, लेख रचनाको महत्वपूर्ण भूमिका रहेको र यी क्षेत्रहरूले समाजको सकारात्मक परिवर्तनको आह्वान गर्नुपर्ने तथा समाजका बेथिति, सरकारका कामकारवाहीप्रति खबरदारी र विकासमा कामप्रति हौसला प्रदान गर्ने खालका सिर्जना गर्नुपर्ने कुरामा जोड दिएका थिए भने राष्ट्रको समृद्धि बोलीबाट होइन व्यवहारबाट हुने कुरा बताएका थिए ।
उक्त कार्यक्रममा साहित्यकार रुद्र ज्ञवालीले तयार पारेको समृद्धिका लागि साहित्य, कला र संस्कृति विषयक अवधारणापत्र क्रषि आजादले पढेर सुनाउनु भएको थियो भने चित्रकार एच.वि. रम्तेल, मूर्तिकार यमबहादुर थापा, सङ्गीतकार सुरेश सेन्चुरी, साहित्यकार गिरि श्रीस, संस्कृतिविद् राजेन्द्रकुमार आचार्य, पत्रकार बालकृष्ण चापागाई, साहित्यकार देवेन्द्र घिमिरे, सुन्दर बासी, कृष्ण प्रसाद कोइराला, पुष्कर रेग्मी, हिमलाल ज्ञवाली, जङ्गबहादुर शाह लगायतले टिप्पणी गरेका थिए ।वर्तमान सन्दर्भमा देश लोकतान्त्रिक गणतन्त्रामक संघीय व्यवस्थामा गइसकेको र आजको आवश्यकता देशको समृद्धि रहेको हुनाले समद्धिका निम्ति साहित्य, कला र संस्कृतिको औचित्य पुष्टि गर्न कार्यक्रम आयोजना गरिएको कुरा संस्थाका अध्यक्ष पुरुषोत्तम पाण्डेयले बताएका थिए ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेको अध्यक्षता, साहित्यकार ऋषिराम भुसालको प्रमुख आतिथ्यता, वाङ्मयका केन्द्रीय अध्यक्ष हिमलाल ज्ञवालीको विशिष्ट आतिथ्यता र दीप बोर्डिङ हाई स्कूलका उपप्राचार्य कलाधर अर्याल लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन विष्णुविवश पोख्रेलले गरेका थिए ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.