छत्रकोटले गर्यो चारहजार भन्दा धेरै गाउँलेको निशुल्क फुल बडी चेकअप

केशव भण्डारी
बुटवल । साउन ।
गुल्मीको छत्रकोटमा गाउँपालिकाले चार हजार भन्दा बढी सर्वसाधारणको निशुल्क स्वास्थ्य जाँच गरेको छ । विशेषज्ञ चिकित्सकहरुलाई गाउँमै लगेर चलाइएको एकसाता लामो बृहद शिविरमा सहभागी स्थानीयको फुल बडी चेकअप गरिएको थियो ।
श्रृंगा स्वास्थ्य चौकीमा असार ३१ गतेबाट शुरु भै दश दिनसम्म चलेको शिविरमा चालीस बर्ष माथिका छत्रकोट गाउँ पालिका भित्रका महिला र पुरुष जेष्ठनागरिक चारहजार भन्दा बढी ले सेवा पाएको गाँउपालिका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिनुभयो । उहाले गाँउ पालीकाका सवै नागरीकलाई स्वस्थ्य राख्नकालागी निशुल्क फुलवोडी स्वास्थ्य सिविर राखिएको बताए ।
उपचारका लागि हुँगा, पल्लिकोट, बम्घा, दिगाम, दौवा, हर्दिनेटा लगायत गाउँपालिकाका ६ वटै वडाबाट सर्वसाधारणहरु शिविरमा पुगेका थिए ।
गाउँमै पुरै शरिर त्यो पनि निशुल्क चेक जाँच गर्न पाउँदा छत्रकोटका बासिन्दाहरुले एकदमै खुसी रहेको बताएका थिए । स्वास्थ्य शिबिरमा दाँत, ढाड कम्मर पोल्ने, हात खुट्टा झमझमाउँने, युरिक एसिड, मधुमेह, मुटुको समस्या, इसिजी सेवा, नाक कान घाँटी सम्बन्धी समस्या, स्त्री रोग लगायतका सवै रोगहरुको उपचार भएको चिकित्सक अनिल भट्रराई ले जानकारी दिनुभयो । उहाले खानपिन र आहार विहारमा ख्याल गरे धेरै रोगबाट बच्न सकिने बताउनु भयो ।
चेकजाँचका क्रममा चिकित्सकहरुले स्वास्थ्यप्रति सचेत रहन र कुनै समस्या देखिए नजिकको स्वास्थ्यकेन्द्रसम्म पुगेर चिकित्सकहरुको सल्लाह अनुसार उपचार गर्न सुझाव र परामर्श समेत दिएका थिए ।
बिभिन्न रोग लागेर आर्थिक अभावका कारण उपचार गर्न नसकेका गरिव, बिपन्न परिवार र टाढा जान नसक्नेहरुका लागि लक्षित गरि शिविरको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीले जानकारी दिनुभयो ।
स्वास्थ्य शिबिरमा बिभिन्न रोगका एक दर्जन जना बिशषेज्ञ डक्टरहरुले चेकजाँच गरेका थिए । स्वास्थ्य शिविरबाट विरामीलाई धेरै राहत पुगेको जानकारी दिँदै छत्रकोट वडा नम्वर १ हुँगाका वडाध्यक्ष धातानन्द भण्डारीले भविश्यमा पनि शिविर चलाउन हौसला मिलेको बताउनुभयो । स्वास्स्थ्य सिवरको समापन कार्यक्रमा बोल्ने बक्ता हरुले स्थानिय सरकारले उदारणीय काम गरेको भन्दै प्रसंशा गरेका थिय । समापन कार्यक्रममा प्रमुख अथिति प्रदेश सभा का सांसद कमल श्रेष्ठ ,गाउ पालिका अध्यक्ष मधुकृष्ण पन्थ उप प्रमुख नर्मदा भण्डारी डाक्टर रामचन्द्र पन्थी लगाएत ले बोलेका थिय । सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पुराउने व्यक्ती हरुलाई सम्मान गरीएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.