बुटबल,साउन ८,कानुनमन्त्री शेरबहादुर तामाङ्ले नैतिकताका अाधारमा राजिनामा दिएका छन् । मंगलवार मन्त्रालयमै पत्रकार सम्मेलन गरि तामाङले पद छाडेका हुन । सांसद समेत रहेकी श्रीमति उषाकला राइका साथ पत्रकार सम्मेलनमा उपस्थित रहेका मन्त्री तामाङ अाफ्नो कार्यकालका कुरा सुनाउदै गर्दा भक्कानिए र अाँसु पुछे । अनि उठाए राजिनामा दिनुपर्ने कुरा । अनि बोल्न खोज्दा फेरि भक्कानिए । उनिले अाँसु पुछेको उषाकलाले हेरिरहेकी थिइन । उनले पानी पिउन भनिन,लिन खोजे अनि फेरि खान्न भने । भाबुक बनेका उनले शुरूमा कानुन बनाएका बिषयबारे बोलेका थिए ।
दोश्रो बक्तब्यमा अाफु सधै महिला हक अधिकारका पक्षमा लडेको दावी गर्दै केहि शव्दकै कारण अप्ठ्यारो अबस्था अाएको बताएका तामाङले नैतिकताका अाधारमा राजिनामा दिएको घोषणा गरे ।
अाफ्ना केहि कमजोरीलाइ अनावश्यक प्रचार गरिएको भन्दै तामाङले असन्तुष्टि समेत जनाएका थिए ।
गत शुक्रबार मन्त्री तामाङले बग्लादेशमा डाक्टरी पढ्ने महिलाहरूले अस्मिता सुम्पिनु परेको अासयको अभिव्क्ति दिएका थिए । अन्तत त्यसैले तामाङको पद खायो ।