समाजसेवालाई निरन्तरता दिन लायनहरुलाई निर्देशन क्लवमा आवद्द सबैले मानविय सेवालाई प्राथमिकतामा राख्नुपर्ने

 

केशव भण्डारी
बुटवल। साउन १४ । समाजसेवी अन्तराष्ट्रिय सस्था लायन्स क्लवमा आवद्द सबैले सामाजिक सेवालाई प्राथमिकतामा राख्नुपर्नेमा जोडदिइएको छ ।
रुपन्देहीको मणिग्राममा भएको अन्तराष्ट्रिय लायन्स क्लव डिस्ट्रिक्ट ३२५ बी २ अन्तर्गत जोन ३ मा पर्ने पाँच वटा लायन्स क्लवहरुको सयुक्त पदस्थापन कार्यक्रममालायन अग्रजहरुले यस्तो धारणा राखेका हुन ।
कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक गभर्नर सुनिल वझाले पदस्थापन गराउँदै समाजसेवा नै मुल लक्ष्य ठानेर अघि बढ्नु लायन्स क्लव र यसका पदाधिकारीहरुको काम कर्तव्य भएको जानकारी गराउनुभएको थियो ।
स्वागत मन्तव्य डिस्ट्रक्ट चिफ लायन किरण खरेलले नेपाल लायन फाउण्डेसनको आजीवन सदस्य बनेर धेरैभन्दा धेरै सामाजिक सेवा अग्रसर हुन आग्रह गर्नुभयो । कार्यक्रमा क्लब
लायन्स क्लव अफ बुटवल लुम्विनी, शंकरनगर, शंकरनगर बाटिका, मणिग्राम र बुटवल फोरका बर्ष १८।१९ पदाधिकारीहरुको पदस्थापना डिस्ट्रिक्ट गभर्नर लायन सुनिल ओक्राले गर्नुभएको थियो ।
पदस्थापित हुने सबै लायन्स क्लव अफ बुटवल लुम्विनीका अध्यक्ष चन्द्र अधिकारी, शंकरनगरका अध्यक्ष श्रवण कुमार जयसवाल, शकरनगर बाटिकाका अध्यक्ष कमला अधिकारी,बालकृष्ण अर्याल बिनोद ढकाल लगायतका अध्यक्ष र पदाधिकारीले सामाजिक सेवामा गर्ने कार्ययोजना सहित समर्पित हुने प्रतिवद्धता जनाउनुभएको थियो ।
त्यस अबसरमा रक्तदान वृक्षरोपण खाद्यान्न बितरण र स्वास्थ्य शिविर लगायतका नियमित कामलाई निरन्तरता दिने र पाँच वटा लायन्स क्लव का अध्यक्ष हरुले समाजिक सेवा मार्फत समाज परिर्बतन गर्ने
बाचा गरेका थिय । कार्यक्रममा पुर्व डिष्ट्रिक गभर्नर एम जे एफ, महेन्द्रनारायण श्रेष्ठ, अरुणप्रताप राणा, डिष्ट्रिक्ट सचिव उमग देवकोटा, लगायतले मन्तव्य राख्दै क्लव र समाज सेवाको महत्वबारे प्रकाश पार्नुभएको थियो। जोन चेयरपर्शन लक्ष्मण पाठकको अध्यक्षता र रिजन चेयरपर्शन यादव भट्टराइको सञ्चालनमा भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.