विपद् व्यवस्थापनका लागि सहकार्यको खाँचो,–वडा स्तरीय व्यवस्थापन समिति गठन

 

बुटवल, साउन १५ । बुटबलको वडा नं. ८ मा विपत व्यवस्थापन वडा समिति गठन गरिएको छ । विपतको पूर्व तयारी तथा जोखिम न्यूनिकरणका काममा अभियान चलाउने उद्देश्यका साथ यस्तो समिति गठन गरिएको हो ।
बुटवल उपमहानगरपालिकाले सबै वडामा विपत् व्यवस्थापन सम्बन्धी समिति गठन गर्ने निर्णय अनुसार वडा नंं. ८ मा पनि यस्तो समिति गठन गरिएको हो । समिति गठनका लागि आयोजित भेलामा बोल्दै प्रदेश नम्बर ५ का सांसद भोजप्रसाद श्रेष्ठले विपत् व्यबस्थान र जोखिम न्यूनिकरणका काममा सबै एकजुट भएर लाग्न जरुरी रहेको बताउनुभयो ।
विपत् जतिवेला पनि आउन सक्ने भन्दै सवै मिलेर कामगरे विपत्लाई कम गर्न सकिने बताउँदै सांसद श्रेष्ठले राहात र पुनःस्थापनाका काममा पनि सजग भएर लाग्न सुझाव दिनुभयो ।
कार्यक्रममा इलाका प्रसाशन कार्यलय बुटबलका प्रमुख यादव सुवेदीले मानवीय क्रियाकालपका कारणले धेरै खालका विपद्हरु निम्तिने गरेको भन्दै पहिले मानवीय क्रियाकलाप सुधार्न जरुरी रहेको बताउनुभयो । खुला क्षेहरुको संरक्षण र व्यवस्थापनका लागि सबैले हातेमालो गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा बुटबल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजनकुमार विसीले प्रकृति माथि प्रहार हुँदा विपतदको जोखिम बढी हुने बताउनु भयो । उहाँले तिनाउ नदिले कुनै बेला विपद् निम्ताउन सक्ने भन्दै प्राकृति माथि आक्रमण गर्न नहुने बताउनु भयो ।
कार्यक्रममा वडाअध्यक्ष भिमबहादुर श्रेष्ठले वडाकाो समग्र विकासका लागि सबै वडाबासीहरु एक हुन जरुरी रहेको बताउनुभयो । वडामा कमजोर, साँघुरा सडक र विद्युत हाईटेन्सनका असरल्ल तार पोलका कारककणले पनि जोखिम बढाएको बताउनुभयो । त्यसअवसरमा । युवराज घिमिरे, बोधराज शर्मा, टिकाराम न्यौपाने भुपालकुमार श्रेष्ठ अमर बहादुर थापा लगायतले बोल्दै सहकार्य जरुरी रहेको बताउनुभएको थियो ।
वडा अध्यक्ष भीमबहादुर श्रेष्ठको अध्यक्षतामा सदस्यहरुमा वडासदस्यहरु गोमति सुनार, गोमा ज्ञवाली, दलबहादुर थापा, भवानीप्रसाद उपाध्याय, यातायत व्यबस्था कार्यालय प्रमुख, आन्तरिक राजस्व कार्यालय प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटबल शाखा प्रमुख, सडक डिभिजन कार्यालय प्रमुख, मालपोत कार्यालय प्रमुख, कर्मचारी संचय कोषका प्रमुख, सशस्त्र प्रहरी, दीप बोर्डिङ माविका प्रचार्य, एभरेष्ट माविका प्राचार्य रहेका छन् ।
यस्तै वडामा रहेका विभिन्न संघ संस्थाका संयोजक, राजनीतिक दलका प्रमुख वा प्रतिनिधि, वडा प्रहरी कार्यालयका प्रमुख समेत रहेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । समितिमा २९ सदस्यीय विपत् व्यवस्तथापन समिति गठन गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । कार्यक्रम वडानम्वर ८का कार्यालय सचिव नारायण प्रसाद ज्ञवालिको संचालन वडा अध्यक्ष भिम बहादुर श्रेष्ठको अध्यक्षता मा सम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.