काठमाडौं,साउन १८, प्रस्तावित प्रधानन्यायाधी दीपकराज जोशीलाइ अब नयाँ प्रसंसदीय सुनुवाइ समितिले अस्वीकृत गरेसँगै प्रधानन्यायाधीशका लागि नयाँ प्रक्रिया शुरु हुनेछ ।
न्यायपरिषद्बाट सिफारिस भएका बहालवाला न्यायाधीश ओमप्रकाश शर्मा र चोलेन्द्र शमशेर राणा मध्ये संवैधानिक परिषदले जसलाइ सिफारिस गर्छ उसकैको प्रकृया अघि बढ्छ ।
अहिलेको हिसावले वरिष्ठतम् मा शर्मा भएकोले सम्भवत संवैधानिक परिषदले उहाँलाइ सिफारिस गर्नेछ । त्यसपछि संसदीय सुनुवाइमा उजुरी लिनेदेखि अगाडिको प्रक्रिया शुरु हुनेछ ।अनि सुनुवाई समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश हुने ब्यवस्था छ ।
त्यसो त संसदीय सुवुवाइबाट अस्वीकृत भएपनि न्यायाधीशका रुपमा भने दिपकराज जोशी नै वरिष्ठतम रहनुहुनेछ । उहाँले राजीनामा दिएमा वा उहाँ विरुद् महाअभियोग लगाइएमा बाहेक नयाँ ब्यक्ति प्रधानन्यायाधीश बन्दापनि जोशी नै वरिष्ठतम न्यायाधीशको रुपमा रहनुहुनेछ ।
संविधानको धारा १२९ को उपधारा ६ मा ‘प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कामु प्रधानन्यायाधीश भई काम गर्नेछ’ भन्ने व्यवस्था छ ।
त्यसहिसावले नयाँ प्रधानन्यायाधीश नआउँदासम्म जोशी नै कामु रहनुहुनेछ । अहिले सर्वोच्चमा १९ जना न्यायाधीश कार्यरत छन् ।