सर्वोच्च– को, कति बर्ष प्रधानन्याधीशको लाइनमा ?

काठमाडौं,साउन १८, संसदीय सुनुवाई समितिले पहिलो पल्ट लाइनमा रहेका प्रधानन्यायाधीशलाई बिभिन्न कारणसहित सुनुवाइ अस्वीकृत गरेपछि त्यसको प्रभाव सर्वोच्च अदालतको प्रधानन्यायाधीशको रोलक्रममा पनि पर्ने देखिएको छ ।

सर्वोच्च अदालतमा ३ वर्ष काम गरिसकेका न्यायाधीश प्रधानन्यायाधीशका लागि योग्य हुने संविधानिक ब्यवस्था छ । त्यस हिसाबले फेरि दायाबाँया भएन भने अब न्यायाधीशहरु ओमप्रकाश मिश्र र चोलेन्द्रशम्सेर जवरा लाइनमा हुनुहुन्छ ।

सर्वोच्च अदालतको अभिलेखमा उल्लेख भएको तथ्याङ्क बमोजिम मिश्र आगामी पुस १६ गतेसम्म प्रधानन्यायाधीश बन्नुहुनेछ । त्यसपछि प्रधानन्यायाधीशचोलेन्द्रशम्सेर राणा बन्नुहुनेछ । यथाअवस्थामा उहाँ झण्डै ४ वर्ष २०७९ मंसीर २७ गतेसम्म प्रधानन्यायाधीश रहनुहुनेछ ।

त्यो बेलासम्म वरिष्ठताक्रममा रहेका न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का उमेरहद्का कारण अवकाश पाइसक्नुहुनेछ
त्यसपछि न्यायाधीश हरिकृष्ण कार्कीको प्रधानन्यायाधीश बन्ने पालो आउनेछ । यताउता नभए उहाँले पनि करिव चार बर्ष प्रधानन्यायाधीश बन्ने मौका पाउनुहुने देखिन्छ । त्यसपछि सपना मल्ल प्रधान र अरु रोलक्रममा रहने स्थिति देखिन्छ ।

आलोचकहरुले हरिकृष्ण कार्कीलाइ धेरै बर्ष प्रधानन्यायाधीश बनाउन एमालेले चलाखी गरेर संसदीय सुनुवाइ समितिबाट अनुमोदन नगरेको भन्ने गरेका छन् । किनभने जोशी प्रधानन्यायाधीश बन्न पाएको भए हरिकृष्ण कार्की करिव एक बर्ष प्रधानन्यायाधीश भएपछि उमेर हदको कारण अवकाश पाउने अवस्था आउथ्यो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.