लायन्स क्लबअफशंकरनगरद्धारा बृहतदन्तशिविर संचालन

बुटवल साउन २२
लायन्स क्लबअफ शंकरनगर द्धारा ति.न.पा. १७ मा अवस्थित श्री बाल कल्याण आधारभुत विद्यालयमा बृहतदन्तशिविर संचालन गरेको छ । उक्तशिविरमा दाँत तथा मुख सम्बन्धिजनचेतना सहित स्वास्थ्य परिक्षण गरी आवश्यक औषधी समेत वितरण गरीएको थियो । विद्यार्थी तथा अविभावक र स्थानिय गरी २०० जनाले सेवा लिएको कार्यक्रम संयोजक बाबुराम भण्डारीले बताए । शिविरमा दाँतउखेल्ने, सफागर्ने र परिक्षण गर्ने काम समेत भएको थियो ।
सामाजिक सेवामा अग्रसर लायन्स क्लब अफशंकर नगरले आफ्नो नियमितकार्यक्रमअन्र्तगत सो कार्यक्रम गरेको अध्यक्ष श्रवण कुमार जैसवालले बताए । शिविरको उद्घाटन समारोहमा प्रमुखअतिथि एरिया चिफ. पुरुषोत्तमप्रधानाङ्गाले सामाजिक सेवाको लागीलायन्स सधै अगाडी रहने बताउनु भएको थियो । उक्त समारोहका अध्यक्षत लायन्स क्लबअफशंकरनगरका अध्यक्ष श्रवण कुमार जैसवालले क्लबको शंकरनगरमाआफ्नै दन्त अस्पताल रहेकोले थप सेवा समेत त्याहाबाट उपलब्ध गराइने हुदा सम्पर्क गर्न अनुरोध गर्नु भयो । कार्यक्रमका स्वागतमन्तब्य राख्दै कार्यक्रम संयोजक बाबुराम भण्डारीले संस्थाले अरु पनी यस्तै शिविरहरु नियमित संचालनगर्ने बताउनु भयो । कार्यक्रममा लक्ष्मण पाठक दन्तचिकित्सक शिशिर भट्टराई विधालयका प्र.अ. विष्णु थारु धुर्व गिरी लक्ष्मण पौडेल पुरुषोत्तम आचार्य लगायतले बोल्दै अभिवाभकले आप्ना विधार्थीको स्वास्थ्यमा ध्यान दिनुपर्ने बताए । उनिहरुले धेरै रोगको संकमण मुखबाट हुनेहुदा दाँतको सरसफाईमा ध्यान जरुरी रहेको बताए । कार्यक्रमलायन्स क्लब अफशंकरनगरका सचिब मुकुन्द ज्ञवालीले संचालमा भएको थियो । कार्यक्रममा डाक्टर शिशिर भट्टराई ले दाँत परिक्षण गरेका थिए । कार्यक्रमा बुटबलको हस्पिटल पाल्पा डेन्टलको प्राविधिक सहयोग रहेको थियो ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.