प्रदेश नम्वर पाँचको मन्त्रिपरिषदले संघसंस्थालाई आर्थिक रकम सहयोग दिने निणर्य

केशव भण्डारी
बुटवल । साउन २३ । प्रदेश नम्वर पाँचको मन्त्रिपरिषदले स्थानीय विभिन्न संघसंस्थालाई आर्थिक रकम सहयोग दिने निणर्य गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले बुटवल उद्योग वाणिज्य संघलाई ४० लाख, बुटवल टेक्निकल इन्ष्टीच्युट विटिआइ लाई १० लाख, वालमन्दिरलाई २ लाख र बुटवल महिला जेसिज थता मगर महिला संघलाई एक–एक लाख गरी ५४ लाख अनुदान दिने निर्णय गरेको हो । यि संघ संस्था का भवन प्रदेश प्रयोग सरकारले प्रयोग गरेपछि ति संघ संस्था लाई अन्य स्थानमा स्तान्तरण गर्न सामान्य सहयोग पुगोस भनेर सहयोग गरिएको सरकारका प्रवत्ता तथा मन्त्री बैजनाथ चौधरीले बताउनु भयो । यि संस्थाले प्रदेशको राजधानि बुटबल राखे निसुल्क रुपमा आआप्ना कार्यालय उपभोग गर्न दिने दिने निर्णय गरेका थिय । सहयोग गरिएका संस्थाले अलिबढी रकम सहयोग मागेपनि सामान्य कार्यालय ब्यबस्थापनका लागि रकम सहयोग गरिएको बताइएको छ ।
मन्त्रीपरिषद बैठकले राजनीतिक, प्रशासन तथा विधेयक र आर्थिक,समाजिक तथा पूर्वाधार गरि तीनवटा मन्त्रिपरिषदकासमिति गठन गरेको छ । सरकारका प्रवत्ता तथा मन्त्री बैजनाथ चौधरीले प्रदेश मन्त्रिपरिषदको कार्य सम्पादनमा सघाउने गरि समिति गठन गरिएको बताउनुभयो ।
बैठकले प्रदेश योजना आयोगमा रहने सदस्यहरुका लागि आवस्यक तल्लो उमेर हदलाई पनि ४० बाट ३५ वर्षमा झारेको छ भने दाङ्ग जिल्लाको शान्तिनगर गाउपालिको केन्द्र परिवर्तनको प्रस्तावलाई संघीय सरकारमा पठाउने निर्णय गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.