मनमोहक लायन्स बगैचा बन्ने, मोक्षधाममा रोपियो तिनसय बढी विरुवा

 

तिलोत्तमा साउन २६ । अन्तराष्ट्रिय लायन्स क्लव डिस्ट्रिक्ट ३२५ बी २ अन्तर्गत जोन ७३ मा पर्ने तिलोत्तमा नगरपालिकामा स्थापित पाँच वटा लायन्स क्लवहरुको सयुक्त आयोजनामा शनिबार तिनसय बढी विरुवा तिलोत्तमाको मोक्षधामसेवा आश्रम परिसरमा रोपिएको छ । स्वच्छ वाताबरणकालागी हरीयालि आबस्यक रहेको र मोक्षधाममा मनमोहक लायन्स बगैचा बनाउने उद्देश्यका साथ बृक्षरोपण गरीएको लायन्स क्लवअफ शंकरनगरका अध्यक्ष श्रवण कुमार जयसवाले जानाकारी दिए । तिलोत्तमामा वृक्षरोपण सप्ताह सुरु भएकै दिन पारेर कार्यक्रमको आयोजना गरीएको हो ।वृक्षारोपण कार्यक्रमा बोल्दै प्रमुख अथिति पुर्व डिष्ट्रिक गभर्नर एम जे एफ, महेन्द्रनारायण श्रेष्ठ ले लायन हरुले बतावरण संरक्षणमा महत्वपुर्ण भुमिकारहने बताउनु भयो । उहाँले लायन्स हरुले बृक्षरोपण गरेर महत्वपुर्व कार्य गरको बताउदै यसको संरक्षणमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा मोक्षधामसेवा आश्रमकाका अध्यक्ष तथा समाज सेवि रोमणी प्रसाद पाठकले मोक्षधाम देशकै महत्व पुर्ण धार्मिक धरोहर भएकाले यसधामको विकासमा सबैको सहयोग जरुरी रहेको बताउनु भयो । उहाले लायन्स हरुको सहयोगले पवित्र मोक्षधामको विकासमा टेवा पुगेको बताउनु भयो । कर्यक्रममा पाँच वटै लायन्स क्लव मोक्षधाम सेवा आश्रमको आजिवन सदस्यता लिने घोषणा समेत गरेका थिय ।, डिष्ट्रिक्ट सचिव उमग देवकोटा,किरण खरेल जिवन लक्ष्मण पाठक यादव भट्टराइ लायन्स क्लव अफ मणीग्रम का अध्यक्ष प्रकाश पाण्डे शकरनगर बाटिकाका अध्यक्ष कमला अधिकारी,लायन्स क्लव अफ बुटवल फोर स्टारका बालकृष्ण अर्याललायन्स गौतम अर्जुन बहादुर कार्कि क्लवअफ भलवारीका बिनोद ढकाल लगायतले बोल्दै सामाज परिवर्तनमा सवैको सहयोग आवश्यक हुनेभन्दै सवैको सकारात्मक प्रयासबाट समाज सुधार हुने बताए । पाँचवटै क्लवका कार्यत्रम संयोजक रामु भण्डारी बाबुराम पाठक कृष्ण गौतम पबन कुमार जयवाल विष्णु प्रसाद चापागाई ले बोल्दै आगामी कार्यत्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने बताएका थिय । उनि हरुले नगरपालिकाले अगाडी सारेको हरीयालि नगरपालीका बनाउने काममा सहयोग पुराउने पनि बताए । कार्यक्रम लायन्स क्लव अफ मणीग्रम का अध्यक्ष प्रकाश पाण्डेको संचालनमा बालकृष्ण अर्यालको स्वागत तथा लायन्स क्लव अफ शंकरनगरका अध्यक्ष श्रवण कुमार जयसवालको अध्यक्षता मा कार्यक्रम सम्र्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.