सिद्धेश्वर टोल बिकाश संस्था बुटवलको आयोजना टोलवासीको स्वास्थ्य परिक्षण

सिद्धेश्वर टोल बिकाश संस्था बुटवल उपमहानगरपालिका ७ ले स्वास्थ्य परिक्षण कार्यक्रम गरेको छ । टोलवासीको स्वास्थ्य परिक्षण गर्ने उदेश्यले टोल संस्थाले स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरेको जनाएको छ । सो अवसरमा प्रेसर ,सुगर, पिसाव, थाइराडको परिक्षण गरिएको थियो ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको सहआयोजनामा अस्पताल परिषरमा भएको कार्यक्रम एक सय ७ जनाले परिक्षण गरेका थिए । स्वास्थ टोल निर्माण गर्न प्रयास स्वरुप नियमित स्वास्थ्य परिक्षण गर्नुपर्छ भन्ने भावनाको बिकाश गर्न स्वास्थ्य परिक्षण कार्यक्रमको अयोजना गरिएको टोलविकास संस्थाका अध्यक्ष मोहोनिलाल रिजाल ले बताए । अस्पतालका निर्देशक डाक्टर समिर गौतमले नियमित स्वास्थ्य परिक्षण गर्न सुझाव दिए । सबै उमेर समुहमा मुटुरोग हुन सक्ने भन्दै करेलाचपाउन नडराउने सानो औषधि खान डराउन बानि स्वास्थ्यकालागी हानिकारक हुने पनि बताए ।
कार्यक्रमको उद्घाटन गदै बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले नगरवासिलाई आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने दायीत्व प्रति जिम्वेवार रहेको बताए । उनले सबै स्वस्थ्य संस्थालाई जिम्वेवार भएर सामाजिक उत्तरदायीत्व पुरा गर्न आग्रह गरे । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले स्वास्थ्य परिक्षण गरेपछि केही समस्या देखीने डरले स्वास्थ्य परिक्षण गर्न नखोज्नेको संख्या ठुलो रहेको बताए । आर्थिक अभावको कारणले कसैको पनि उपचार गर्न नरोकीने भन्दै उनले कमजोर आर्थिक अवस्था भएका बिरामीलाई अस्पतालले निशुल्क उपचार गदै आएको जानकारी दिए । कार्यक्रममा वडाअध्यक्ष कमल प्रताप थापा सिवनगर सामुदाइक बनका अध्यक्ष नारायण बावु बस्नेत लगाएतले समयमै स्वास्थ्य परीक्षण गरे दिर्ग रोग बाट बच्न सकिने बताए ।
कार्यक्रममा टोल संस्थाका अध्यक्ष मोहोनिलाल रिजालको अध्यक्षता उपाध्यक्ष दिपक पराजुलीको स्वागत र सचिव निलम पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.