मणिप्रभा बचत तथा ऋण सहकारीको रक्तदान कार्यक्रम सम्पन्न

तिलोत्तमा, ७ भदौ ।
मणिप्रभा बचत तथा ऋण सहकारी संस्थाले नवौं स्थापना दिवसको अवसर पारेर
आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान जीवनदान भन्ने मूल नाराका साथ संस्थाले रक्दान गरेको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष दिनेश फुल्लेल, प्रमुख अतिथी वडा नं ३ का अध्यक्ष
टंक तिवारी, पशुपति टोल विकास संस्थाका अध्यक्ष रमेश थापा, वडा सदस्य दिपा
सापकोटा, रक्त सञ्चार सेवा केन्द्रकी प्राविधिक राधा ज्ञवाली, उपसमिति संयोजक
लक्ष्मण रेग्मी, सचिव खगेश्वर भण्डारी लगायतले वोक्दै रक्तदानको महत्वका बारेमा
आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा तिस जना व्यक्तिले
रक्तदान गरेका थिए ।
त्यस अवसरमा तिलोत्तमा नगरपालिकाले सुरु गरेको पूर्ण सरसफाई अभियानमा
सहयोग पु¥याउने पशुपतिटोल लाई सरसफाइ युक्तबनाउने उद्देश्यले सहकारीका अध्यक्ष दिनेश फुल्लेलले पशुपति टोल
विकास संस्थाका अध्यक्ष रमेश थापालाई डस्टबिन हस्तान्तरण गर्नुभएको थियो । मणिप्रा सहकारी संस्थाले स्थापनाकाल देखिनै आप्नो स्थापनाको दिवसको अवसर पारेर रक्तदान गर्दै आएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.