कानून निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित हुँदैन ः सभामुख घर्ती

 

वुटवल –पाँच नम्वर प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले प्रदेशमा कानून निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित हुन नदिने बताउनुभएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको रक्षाका लागि लामो संघर्ष भएको र यसले नै लोकतन्त्रलाई बलियो बनाउने उहाँको धारणा थियो ।
मंगलवार वुटवलमा बुद्ध सामुदायिक टेलिभिजनको ११ आँै वार्षिक उत्सवको अवसरमा आयोजित ‘नयाँ संहिता, संचार र संशय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो कुरा वताउनुभएको हो ।
नेपालमा गणतन्त्र, संघीयता र संविधान सभावाट संविधान निर्माण गर्न ठूलो वलिदानी, त्याग भएको भन्दै उहाँले यसलाई कार्यन्वयन गर्न बन्ने कानूनहरुको सवैले स्वागत गर्नु पर्ने पनि बताउनुभयो । वर्तमान सरकार बहुमत प्राप्त भएको चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका घर्तीले कहि कतै जनताको स्वतन्त्रता, न्याए र समानतामा असर गर्ने कानूनी प्राव्धन भए संशोधन गर्नु पर्ने पनि धारणा राख्नुभयो ।
गोपनीयताको हकमा भएको व्यवस्थाको चर्चा गर्दै उहाँले सार्वजनिक पद धारणा गरेका हरेक व्यक्तिको सूचना प्राप्त गर्ने नागरिकको अधिकार भएको तर पत्रकारिताको मूल्य, मान्यता र आचारसंहितामा रहेर पत्रकारहरुलाई कलम चलाउन पनि उहाँको आग्रह थियो ।
विशिष्ट अतिथि नेपाली काङग्रेस प्रदेश संसदीय दलका नेता वलदेव शर्मा पोख्रेलले मौलिक हक, प्रेस स्वतन्त्रता कशैले खोस्न नसकेको भन्दै त्यसैका लागि लामो संघर्ष र त्याग गरेको पनि औँल्याउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुनै पनि कानून लाएर रोकिन्छन कि भनेर महासंघले चासो व्यक्त गरेको धारणा राख्नुभयो । ‘पत्रकारिताको महत्वपूर्ण विशेषाता भनेको आलोचनात्मक चेत हो, आलोचनात्मक चेत विनाको पत्रकारिता लोकतन्त्रको रक्षाका लागि र पाठकका लागि रुचिकर हुँदैन, –उहाँको भनाई थियो । समयमै नागरिकको आवाज सुन्ने संवोधन गर्ने लोकतान्त्रिक सरकारको पहिलो इन्डिकेटर भएको भन्दै उहाँले अहिले पत्रकार महासंघले राज्यसँग संवाद र छलफल गरिरहेको पनि बताउनुभयो । पत्रकारलाई फौजदारी अभियोेग लाग्ने सवै कानूनहरु खारेजिको माग गर्दै उहाँले राज्यलाई सधै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रति प्रतिवद्धता रहन पनि आग्रह गर्नुभयो ।

प्रदेश कानून आयोगका अध्यक्ष डा। कुमार आचार्यले मुलुकी संहितामा भएको व्यवस्थाले पत्रकारलाई कुनै अप्ठ्यारो नपार्ने भन्दै पत्रकारहरुले संशय भने राख्न जरुरी रहेको बताउनुभयो । ‘व्यक्तिको हिसावले कानूनका सवै कुराहरु आकर्षित हुन्छन्, कशैले व्यक्तिको चियोचर्चो, अनावश्यक कुरामा अरुको निगरानी गर्न हुदैन, उहाँले भन्नुभयो, व्यक्तिको व्यक्तिगत गोपनियताको हक सुरक्षित गर्न यो कानून आएको तर अशल नियतले पत्रकारिता गर्दा यो कानून आकर्षित हुँदैन् ।’ व्यक्तिगत रुपमा गर्ने गलत कामको भागेदारी सवै हुनुपर्छ तर पत्रकारिता गरेका काराण कोही दोषि हुननहुने भन्दै उहाँले प्रेस स्वतन्त्रता कशैले पनि कुनै हालतमा हनन् गर्न नमिल्ने धारणा राख्नुभयो ।
आन्तरिक मामिला तथा कानून समितिका संयोजक एवं नेकपाका प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले संविधान, ऐन, कानून आवश्यकता अनुसार संशोधन हुनसक्ने भन्दै प्रेस स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्रलाई कतै कुन्ठित धारा र व्यवस्था भए संशोधन हुन सक्ने कुरा औल्याउनुभयो । वर्तमान सरकार वहुमत प्राप्त रहेको भन्दै उहाँले संविधानमा नै प्रेस स्वतन्त्र उल्लेख गरिएकाले प्रेस स्वतन्त्रतामा कतै कुन्ठित हुने गरि यो सरकार अगाडि नबढ्ने धारणा राख्नुभयो ।
वरिष्ठ पत्रकार एवं पूर्वसभासद विनोद पहाडीले नीति राम्रो भएर मात्र नहुने बरु नियत राम्रो हुनु पर्ने भन्दै सरकारको नियत गलत भएका कारण विभिन्न सञ्चार माध्यम र सञ्चारकर्मीले दुखः पाएका उदाहरण दिनुभएको थियो ।
पत्रकार महासंघ ५ नंं प्रदेशका अध्यक्ष मौसम रोकाले लोकतन्त्रका लागि पत्रकारहरुले पनि महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रेस स्वतन्त्रता कुन्ठित हुने गरि ऐन निर्मण हुने दुखद भएको बताउनुभयो ।
सोही अवसरमा अधिवक्ता महेन्द्रप्रसाद पाण्डेले ‘नयाँ संहिता, संचार र संशय’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा बोल्दै विभिन्न सरोकारवालाहरुले प्रेस स्वतन्त्रता हनन् हुने गरि ऐन कानून निर्माण गर्न नहुने भन्दै यस्ता ऐन कानून संशोधन गर्न माग गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.