तीज गीत प्रतियोगिता सम्पन्न पुरुष नाच्न पाएनन् महिलाले पनि पाएनन् , क्यासेटका गित साउन सिस्टममा नाच्न

बुटवल,भदौ २७ । महिलाहरुको महान चाड हरीतालिका तिज देशभरका महिलाले उल्लास पुर्ण बावरणमा मनाएका छन्। मौलिक गितभन्दा छाडा अस्लील गीतले तिजपर्व बिकृत भैरहेको अवस्थामा बुटवलको खुल्लातिजगित प्रतियोगितामा भने क्यासेटका गित र साउनसिस्टम समेत निषध गरेर मौलीक परम्परा अनुसार तिजमनाइएको छ ।
बुटवल–११,देवीनगरमा नौ दुर्गा मन्दिर समितिको आयोजनामा
बृहत् खुल्ला तीज गीत कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुकको महान् चाड
हरितालिका तीजको अवसर पारेर नौ दुर्गा मन्दिर समितिको व्यवस्थापनमा
देवीनगरको चौपारी टोलमा भएको कार्यक्रममा सयौँ महिला दिदीबहिनीहरुले
आफ्नै शैलीका तीज गीत गाउनुका साथै नृत्य गरेका थिए । बिहानैदेखि दिनभर
वर्षा भएपनि टेन्ट टाँगेर व्यवस्थित गरिएकाले यस क्षेत्रकै ठूलो जनसहभागिता
रहेको थियो । सो कार्यक्रममा जी–ट्वान्टी फाइभ क्लब र लाली चाउचाउको
सह–आयोजनामा सम्पन्न भएको थियो । महिलाहरुलाई व्यवस्थित सहजताका लागि
समितिले प्रत्येक वर्ष व्यवस्थापन गर्दै आएको समितिका अध्यक्ष अर्जुन कुँवरले
बताए । उनले भने हामिले नाचगान गर्ने स्थान बाध्यबाधनका लागीबाहेक पुरुषलाई प्रबेश दिइका छैन ।
हामिले महिला हरुको महान चाड निधक्क मनाउने बातावरण लिाएका हौ । कार्यक्रमलाई व्यबस्थीत बनाउन सयजना भन्दाबढी स्वयम सेवक परीचालन गरीएको संस्थाका कुलबहादुर केसि ले बताए । कार्यक्रममा हजारौ दर्सकको घुइचो लागेको थियो । कार्यक्रममा प्रहरी, टोलबासी स्थानिय सबै सहयोग रहेकाले पनि सान्तिपुर्ण सफल भएको संस्थाका हुमराज बस्यालले बताए ।
कार्यक्रममा मौलिक गीतलाई प्राथमिकता दिनुका साथै मौखिक लोक
तीजभाकामा मात्रै गीत गाइएको थियो । सो अवसरमा पहाडी जिल्लामा नचाइने
लाखे नाचसमेत प्रदर्शन गरिएको थियो । मौलिक लोक संस्कृतिको जर्गेना
गर्नका लागि साउण्ड सिस्टममा गाइने क्यासेटका गीतहरुलाई कार्यक्रममा निषेध गरिएको
कार्यक्रमका संयोजक यज्ञश्वर मरासिनीले बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.