फरक क्षमता भएकालाई सम्मानसहित दर खुवाइयो

बुटवल, भदौ । बग्नासकाली रम्भा आफन्त समाज रुपन्देहीले फरक क्षमता
भएकाहरुलाई सम्मान गरेको छ । बुटवलको कालिका मन्दिरमा आयोजित कार्यक्रममा
समाजले विभिन्न ८ वटा संस्थाका करिब ६० जना फरक क्षमता भएकाहरुलाई सम्मान
गरेको हो । समाजका अध्यक्ष भगवती खनाल र बुटवल उप–महानगरपालिकाका
नगरप्रमुख शिवराज सुवेदीले उनीहरुलाई सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख सुवेदीले फरक क्षमता भएका व्यक्तिहरुको
क्षमता बृद्धिका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरु राखेको बताए । फरक
क्षमता भएकाहरुले समेत नेपालमा उत्कृष्ट काम गरेको भन्दै फरक क्षमता भएकै
कारण कसैले अपहेला गर्न नहुने उनले बताए ।
कार्यक्रममा नेपाल अपाङ्ग आश्रम देवीनगर, लुम्बिनी अपाङ्ग आश्रम उजेलापुर,
सुस्त मनस्थिति विद्यालय बुटवल र सुस्त तथा बहिरा समूहका व्यक्तिहरुलाई सम्मान
गरिएको थियो । कार्यक्रममा नेपाल अपाङ्ग आश्रम देवीनगरका अध्यक्ष डोलबहादुर
रामदाम, लुम्बिनी अपांगग आश्रम, उजेलापुरकी अध्यक्ष मिरा खड्का, स्वतन्त्र विकास
समाज नेपालकी कोषाध्यक्ष सावित्रा घिमिरे, सुस्त मनस्थिति विद्यालयका अध्यक्ष
लोकनाथ भुसाल, कार्यक्रम संयोजक मोहनीलाल रिजाल, सल्लाहकार तिलप्रसाद
भटट्राईलगायतले बोलेका थिए । कार्यक्रम स्वागत समाजकी उपाध्यक्ष सरिता
रिजालको स्वागत तथा सञ्चालन सचिव ओमप्रकाश भटटराईले गरेका थिए

Comments

comments

१ प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.