रुपन्देहिको तिलोत्तमामा रहेका छ वटा लायन्स क्लवहरुको संयुक्त्त आयोजनामा बृहत रक्तदान

 

रुपन्देहिको तिलोत्तमामा रहेका अन्तराष्ट्रिय लायन्स क्लव डिस्ट्रिक्ट ३२५ बी २ अन्तर्गत जोन ३ मा पर्ने छ वटा लायन्स क्लवहरुको संयुक्त्त आयोजनामा बृहत रक्तदान कार्यक्रम संम्पंन्न भएको छ । रक्तसंचार केन्द्र बुटबलमा रगतको अभाव हुन नदिन आफुहरुले रक्तदान गरेको शंकरनगर लायन्सका अध्यक्ष श्रवण कुमार जयसवाल,जानाकारी दिए । कोहि पनि व्यक्ती रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने लायन्स हरुको धारणा रहेको लायन्स क्लव अफ बुटवल लुम्विनीका अध्यक्ष चन्द्र अधिकारी ले बताए । रंक्तरेवा संचार बुछबलको प्राविधिक सहयोगममा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुर्व डिष्ट्रिक गभर्नर एम जे एफ, महेन्द्रनारायण श्रेष्ठ लायन्स हरु बिसुद्ध सामाकि भावनाले काम गरीरहेको बताउदै यसको जलन्त उदारण रक्तदान रहेको बताउनु भयो । कार्यक्रम डिष्ट्रक्ट ३२५ वि २ नेपाल एरिया ४ अन्तर्गत जोन ७३ का जोन चेयर पर्शन लक्ष्मणप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पिडिजी लायन महेन्द्रनारायण श्रेष्ण हुनुहुन्थ्यो । यस्तै अतिथीहरुमा एरिया चिफ पुरुषोत्तम प्रधानाङ्ग, डिष्ट्रक्ट एडिसनल ट्रेजर जीवन गौतम, तिलोत्तमा २ का अध्यक्ष दधिराम गौतम,शकरनगर बन विहारका अध्यक्ष बाबुराम अर्याल, डाक्टर प्रकाश पाण्डे तिलोत्तमा जेसिसका प्रथम उपाध्यक्ष अमरनाथ पाठक रक्तसंचारकेन्द्रका राधा अर्याल बिनोद ढकाल लगायत ले बोल्दै सामाजिक क्षेत्रमा लायन हरुले पुरायको योगदान को प्रसंसा गरेका थिय । ।लायन चन्द्र अधिकारीको स्वागत लायन बालकृष्ण अर्याल धन्यवाद मा सम्पन्न कार्यक्रमको संचालन कमला अधिकारीले गर्नुभएको थियो । तिलोत्तमाको बनवाटिकामा गरीको कार्यक्रममा ५५युनिट रगत संकलन भएको थियो । शंकरनगरमा रहेका लायन्सहरुले संयुत्त रुपमा सामाजिक क्षत्रमा काम गदै आइरहेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.