वुटवल, असोज ४

कोलगेट इमेज लोक कलाकार २ को बुटवल अडिसन पर्सि शनिवार बुटवलमा हुने भएको छ । इमेज च्यानलबाट निमार्ण, सम्पादन तथा प्रसारण हुने लोक कलाकार दुईको बुटवल अडिसनको तयारी पुरा भएको तिलोत्तमामा पत्रकार सम्मेलन गरी जनाकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रमका कार्यकारी निर्देशक शैलजा सिंहले लोक कलाकार कार्यक्रम मात्र कार्यक्रम नभएर नयाँ पुस्ताका युवाहरुलाई लोक संस्कृति संग जोड्ने माध्यम भएको बताउनुभयो ।
त्यस्तै कार्यक्रम निर्देशक तथा प्रस्तोता मीलन श्रेष्ठले पूर्व पश्चिम र मध्य क्षेत्रका लोक गितहरुको साझा चौतारीका रुपमा कार्यक्रम रहेकाले नेपाली लोक संस्कृतिमा एकताको काम गर्ने विस्वास व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रमका उप कार्यकारी निमार्ता अनिशा पौडेलले लोपोउन्मुख लोक संस्कृतिको संरक्षण र प्रर्वद्धनका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
एक सय रुपैया प्रवेश सुल्क निर्धारण गरिएको बुटवल अडिसन पर्सि शनिवार तिलोत्तमामा रहेको एस आर होटलमा हुनेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.