बलत्कारी लाई नपुंसक बनाएर रााष्ट् को काममा लगाउने सम्मका सुजाव आए गृहमन्त्री बादल

बुटवल, असोज १३ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बलत्कार हत्याहिंसामा
संलग्न अपराधीलाई कारवाहीको लागि हतियार तिर्खान जरूरी रहेको बताएका छन्
। हरेक किसिमका तस्कर बलत्कारी भष्ट हरु कठोर सजाय दिने तयारी भएको पनि गृहमन्त्री बादलले बताए । ।राज्यका सबै क्षेत्रमा अपराध, सामन्ती र विकृतिहरू रहेको भन्दै थापाले त्यसको
नियन्त्रणका लागि प्रहरीले आफ्नो हतियार बलियो बनाएको स्पष्ट पारे ।
लागू औषध, मदिरा नियन्त्रण र महिला बालबालिका हिंसा न्यूनीकरण सचेतना एव
अन्तरक्रिया कार्यक्रमको शनिबार बुटवलमा उद्घाटन गर्दै मन्त्री थापाले राजनीति,
समाज, पेशा व्यवसायी सबै क्षेत्रमा भएको गलत र मनोगत चिन्तनलाई सबै मिलेर
अन्त्य गर्नुको विकल्प नभएको बताए । उनले अपराधि मनोबृतका सत्रुहरु आफुहरु भित्र बाहिर जताततै रहेको भन्दै तिनलाई समात्त पर्न जनता र सकार मिलेर काम गर्नुको बिकल्प नरहेको बताए ।
‘समाजमा हजारौ निर्मला पन्तको हत्या बलत्कार भएको छ । हत्यामा संलग्नका अभियुक्त ९० प्रतिसत कार्वाहिको दायरामा आएको बताउदै निर्मला पन्तको हत्यालाई राजनिति करण गरेको सेत आरो लगाए । मन्त्री बादलले थुप्रै संघसंस्थाले ब्लेक मेलिन गरेको आरोप लगाउदै संबृद्धिकाबाधक लाई समात्त नपारी नछोड्ने उद्धोष पनि गरे । महिलालाई विलासिताको
वस्तु बनाइएको भन्दै तेस्ता सोच बिरुद्ध सामाजिक आन्दोलनको सुरुवात गर्न समेत उनले आग्रहगरे । राष्ट्रलाई दरिद्र बनाउनेका विरूद्ध सबै मिलेर
लाग्नुपर्ने बताए । यो अभियानमा राज्य जनता एक भएर लाग्नुपर्छ ।’ गृहमन्त्री थापाले
भने । उनले बलत्कारी लाई फासी दिने र नपुंसक बनाएर रााष्ट््र को काममा लगाउने सम्मका सुजाव आएको पनि बताउदै कठोर सजाए दिने तयारी भएको समेत बताए ।
गृहमन्त्री थापाले थपे, ‘मदिरालाई मुख्य विजनेश बनाइएको छ । बलत्कारी र
तस्कर, घुस माग्ने ठग्नेलाई अब स्थानीय तहको तल्लो निकायले थाहा पाउनुपर्छ ।
यिनीहरूलाई नियन्त्रण नगरी सुखी नेपाली समृद्ध नेपालको सरकारको अभियान पूरा
हुन सक्दैन ।’ लागु औषध मदिरा महिला हिंसाको जड भएकाले यसलाई निर्मुल नपारी समाज बदल्न नसकिने गृह मन्त्री बादलको ठहर रहेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.