प्रदेश सकार चाहिदैन भन्नु संघीयता चाहिदैन भन्नु होः ः मुख्य मन्त्री पोखरेल

 

गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश ५ को प्रथम भेला बुटवलमा सुरु
बुटवल, असोज ।
प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले अहिले प्रदेश सरकार नै चाहिदैन की भन्ने कुरा केही राजनीतक दलका व्याक्तिहरुले उठाएको भन्दै मुख्य मन्त्री पोखरेलले प्रदेश संरचना नरहनु भनेको संघीयता नै न रहनु भएको बताउदै उनले प्रदेश सरकारले करको विषयमा गम्भिर रहेको बताएका छन् । गाउपालिका राष्ट्रिय महासंघ प्रदेश नम्बर ५ को प्रथम भेला लाई बुटवलमा सम्बोधन गर्दै मुख्य मन्त्री पोखरेलले सार्वजनिक जग्गा संरक्षण गर्ने मात्रै अधिकार स्थानिय तहलाई भएको भन्दै जग्गा बाड्ने अधिकार नभएको भन्दै उक्त कार्य बन्द गर्न गाउपालिका प्रमुख, उप प्रमुख र वडा अध्यक्ष र सदस्यहलाई आदेश दिएका हुन ।
पछिल्लो समयमा स्थानिय तहमा रहेका नगरपालिका, गाउँपालिकाहरुले आफ्नो मातहतमा रहेका सार्वजनिक सम्पत्ती विभिन्न संघ संस्थालाई बढ्ने होडबाजि चलेको भन्दै त्यसलाई तुरन्त बन्द गर्न निर्देशन दिएका छन् ।उनले भने–‘संविधान तह तपाईलाई सार्वजनिक जग्गा बाड्ने अधिकार छैन, त्यो केन्द्रको मातहतको कुरा हो, होडवाजी बन्द गर्नुस्, जसले तपार्इँले भविश्य गुमाउदै हुनुहुन्छ । ’ स्थानिय तहमा अहिले पनि भौतिक संरचना र प्रशासनिक परिपाटीमा जटिलाता रहेको भन्दै उनले प्रशासनियक संयन्त्र केन्द्र सरकारको रहेको कारण केन्द्रबाट माग गरिएको र भौतिक संरचनाको लागि स्रोत जुटाउने कार्य भईरहेको भन्दै यसमा केही समय धैय गर्न आग्रह गरे । मुख्य मन्त्री पोखरेलले भौतिक संरचना निर्माणको लागि पहिलाको गाविसस्तरको मानसिकता त्याग्न समेत सबैलाई आग्रह गरे ।
संविधानले प्रदान गरेको ४ वटा कर मात्रै प्रदेश सरकारले लिन पाउने व्यवस्था भएकामा ३प्रकारका कर प्रदेश नम्बर ५ सरकारले गाउपालिका लाई नै दिएको बताउदै प्रदेश सरकार जसले कर नै लिएको छैनन् , त्यसलाई प्रहार गर्नुको कुनै पनि तुक नभएको बताए ।
अवको कम्तीमा पनि २० देखि २५ बर्ष सम्मको लागि आवश्कता पुरा गर्ने गरी स्थानिय तहरुको भौतिक संरचना निर्माण गर्नु आवश्यक रहेको उनको तर्क रहेको थियो । त्यसको लागि स्रोत जुटाउने कार्य मुख्य रहेको भन्दै यसमा सबैको साथ रहेमा पुरा नहुने कुरा नभएको बताए ।
कार्यक्रममा नेपाली काग्रेसका प्रमुख सचेतक तथा पुर्व मन्त्री बालकृष्ण खाँणले संघीय लोकतान्त्री गणतन्त्रलाई बोझको रुपमा लिन नहुने बताएका थिए । संघीयता सफल बनाउनु सबैको दायित्व भएको भन्दै पुर्व मन्त्री खाँणले संघीयता असफल भएमा कोही पनि सफल नहुने भन्दै यसमा ध्यान दिन आग्रह गरे । स्थानिय तह र प्रदेश सरकार र केन्द्र विचको साझा अधिकार लगायतका विषयभा साझा एजेन्डा तय गरी अगाडी बढ्नुको साथै अहिले तर्दथ समितिको रुपमा रहेको गाउपालिका महासंघ प्रदेश ५ नयाँ नेतृत्व समेत गठन गर्ने गरी भेला अयोाजना गरिएको महासंघका अध्यक्ष तथा गुल्मी छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिए । उनका अनुसार ७३ वटा गाउपालिकाका प्रमुख र उप प्रमुख र वडा स्तरबाट वडा अध्यक्ष र एक जना सदस्य गरी प्रत्येक गाउपालिका बाट ४ जनाको प्रतिनिधित्व भेलामा रहेको छ । कुल २ सय ९२ जना जनप्रतिनिधिहरुको जमघट बुटवलमा रहेको छ । भेला भोली सम्म चल्ने छ ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.