घरदैलो सहकारीमा नयाँ नेतृत्व

बुटवल, असोज २० । तिलोत्तमा–४ रूपन्देहीस्थित घरदैलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार तिलोत्तमामा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षता तथा तिलोत्तमा–४ का वडा अध्यक्ष दिवाकर ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सहकारीको शेयर पूँजी ६३ लाख १४ हजार ९ सय रहेको छ ।
साधारणसा तथा अधिवेशनले बाबुराम गौतमको अध्यक्षताका नयाँ नेतृत्व चयन गरेको छ । उपाध्यक्षमा शान्ता सापकोटा, सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा कूलबहादुर थापा रहेका छन् । त्यस्तैगरी सदस्यहरुमा पुष्पा खत्री, यामलाल ज्ञवाली, शक्ति गौतम रहेका छन् । त्यस्तैगरी लेखा समिति संयोजकमा विजय गौतम, सदस्यहरुमा कविराज भट्टराई तेजेन्द्र गौतम रहेका छन् ।तेस्तै लेखा समितिको संयोजकमा विजय गौतम सदस्यमा सन्तोषी खत्री गंगादेवि गुरुङ रहेका छन् ।अधिवेशनले तिन सदस्यीय ऋण उपसमिति समेत गठन गरेको छ जसको संयोजकमा कुलबहादुर थापा सदस्य विक्रम गौतम र सुरज अर्याल रहेका छन् ।गोपाल ज्ञवालीको अध्यक्षता सन्तोष पौडेलको स्वागत तथा सचिव बाबुराम गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.