मणिप्रभा सहकारीको साधारण सभा सहकारीलाई सही दिसामा अगाडि बढाउनु नियमन जरूरी प्रदेशसभा सदस्य विमला पन्थी

मणिप्रभा सहकारीको साधारण सभा
बुटवल, असोज २० । रूपन्देहीको तिलोत्तमा–३ शंकरनगरस्थित मणिप्रभा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औं वार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ । साधारणसभाको प्रदेश नम्बर पाँचका प्रदेशसभा सदस्य विमला पन्थीले उद्घाटन गरिन् ।
सो अवसरमा बोल्दै पन्थीले सहकारीलाई सही दिसामा अगाडि बढाउनु नियमन जरूरी रहेको बताइन । उनले अब सहकारीहरू पनि समृद्धिको दिसामा अगाडि बढनुपर्ने बताइन । उनले मुलुकको आर्थिक गतिविधि चलायमान बनाउन सहकारीको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रसंशा व्यक्त गरिन् ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शाखा अधिकृत माधव पोखरेल,औधोगिक ब्यवसाय बिकास प्रतिष्ठान रुपन्देहिका प्रमुख मुकुन्द ज्ञवाली, रोडा ढुङगा व्यवसायी संघ प्रदेश नम्बर पाँचका अध्यक्ष गोपाल ज्ञवाली, मिसन डेभलपमेन्ट बैंक लिमिटेडका प्रबन्ध निर्देशक लोकेन्द्र न्यौपाने प्रकास आत्रेय भगवति गौतम माया ज्ञवाली लक्ष्मण रेग्मी लगायतले बोलेका थिए । सहकारीका अध्यक्ष दिनेश फुल्लेलले २५ जना शेयर सदस्यहरूबाट सुरू भएको सहकारीमा अहिले ६ सय शेयर सदस्य पुगेका जानकारी दिए ।
सहकारीले ७ सिद्धान्त स्वेच्छिक तथा खुल्ला सदस्यता, सदस्यहरूद्धारा प्रजातान्त्रिक नियन्त्रण, सहकारीबीच पारस्परिक सहयोग, आर्थिक सहभागिता, समुदायप्रति चासो, स्वायत्तता तथा आत्मनिर्भरता र शिक्षा, तालीम र सूचनाको अवलम्बन गरेको सहकारीका अध्यक्ष फुल्लेलले जानकारी दिए । कार्यक्रमा संस्था लाई सहयोग गर्ने र सेयर सदस्यका छोरा छोरीले एसइइमा सर्वोकृष्ट ल्याउने विधार्थी लाई समेत सम्मान गरीएको थियो । संस्थालाई विशेष सहयोग पुरायकोभन्दै औधोगिक ब्यवसाय बिकास प्रतिष्ठान रुपन्देहिका प्रमुख मुकुन्द ज्ञवाली समेतसम्मानगरेको थियो
साधारणसभाले अध्यक्ष फुल्लेललको प्रतिवेदन, लेखा संयोजक ऋषिराम अर्यालको प्रतिवेदन पारित गरेको छ । सहकारीले शेयर बच जामनी कर्जा १२, धितो कर्जा १३, हायर पर्चैज कर्जा १५ देखि १६ र कृषि कर्जा १९ प्रतिशतमा उपलब्ध गराउँदै आएको छ । सहकारीको कूल शेयर पूँजी १ करोड २६ लाख ३८ हजार रहेको छ । सहकारीका अध्यक्ष दिनेश फुल्लेलको अध्यक्षता उपाध्यक्ष मान बहादुर केसीको स्वागत तथा सचिव खगेश्वर भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.