महान चाड दशैंले सकारात्मक सोचसहित पारस्पारिक सद्भाव, सहयोग र स्नेह बढाउने विश्वास कृष्णबहादुर महरा

शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीहरुको महान् चाड बडा दशैं–२०७५ का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

शरद ऋतुको यस महान चाड दशैंले सकारात्मक सोचसहित पारस्पारिक सद्भाव, सहयोग र स्नेह बढाउने विश्वास लिएको छु । हाम्रा चाडपर्वले धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई सम्मान गर्दै सामाजिक, सद्भाव, एकता र साझा पहिचानसहित सहिष्णुता कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छु । यस पर्वले विभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवं संस्कृतिक पहिचान रहेका सबै नेपालीका लागि समान अवसर प्राप्त हुने विश्वास व्यक्त गर्दै सामाजिक सद्भावसहित समृद्धिको कामना गर्दछु ।

चाडपर्व सामाजिक र सांस्कृतिक पहिचान अभिव्यक्त गर्ने महत्वपूर्ण माध्यम हुन् । विविध भाषा, संस्कृति, परम्परा र विभिन्न स्थानमा रहेका नेपालीबीच भाइचारा, मेलमिलाप, सुसम्बन्ध कायम गर्न समेत चाड पर्वले महत्वपूर्ण योगदान पु¥याउँछ । यस पर्वले देशको समाजिक तथा आर्थिक रुपान्तरणमा प्रेरणा प्राप्त हुने विश्वास लिएको छु । सामाजिक विकृति एवं विसंगतीविरुद्धको विजय गर्न सक्ने क्षमता सबैमा प्रदान होस् भन्ने शुभकामनाका साथै यस सुखद् अवसरमा सम्पूर्ण नेपालीको जीवनमा सुस्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्दछु ।

असोज ३०, २०७५

कृष्णबहादुर महरा

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.