सोफेनको नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण

काठमाडौं, असोज । जनस्वास्थ्यको क्षेत्रमा कार्यरत नेपालका ईन्जिनियरहरुको संस्था,सोसाईटी अफ पब्लिक हेल्थ ईन्जिनियर्स नेपाल९सोफेन०को नव निर्वाचित कार्य समितिलाई निवर्तमान कार्यसमितिले पदभार हस्तान्तरण गरेको छ ।

खानेपानी तथा ढल निकास विभागको सभाहलमा आइतबार सम्पन्न पदभार हस्तान्तरण कार्यक्रममा सोफेनका नवनिर्वाचित अध्यक्ष ई डा। सञ्जीव विक्रम राणालाई निवर्तमान अध्यक्ष ई।रामदीप साहले अध्यक्षको जिम्मेवारीमा रहेका साधारण सभाको माइन्यूट, नवनिर्वाचित महासचिव अरुण कुमार सिम्खडालाई निवर्तमान महासचिव ई।किरण दर्नालले कार्य समितिको निर्णय पुस्तिका र नवनिर्वाचित कोषाध्यक्ष ई विनु बज्राचार्य कुँबरलाई निवर्तमान कोषाध्यक्ष ई।आरती श्रेष्ठले कोषसम्बन्धी प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो ।

यही असोज १९ गते राजधानीमा भएको सोफेनको बार्षिक साधारण सभाले ११ सदस्यीय कार्य समिति निर्वाचित गरेको थियो । जस अनुसार अध्यक्षमा ई डा।सञ्जीवविक्रम राणा, उपाध्यक्षमा ई।रामचन्द साह, महासचिवमा ई।अरुणकुमार सिंखडा, उपमहासचिवमा डा।डोलेन्द्रप्रसाद चापागाई,कोषाध्यक्षमा डा।बिनु बज्राचार्य कुँवर निर्वाचित हुनुभएको थियो । त्यस्तै सदस्यहरुमा ई।कविन्द्र पुडासैनी,ई।राममणि शर्मा,ई।महेश न्यौपाने,ई।पूर्णप्रसाद उपाध्यय,ई।ईश्वरमान अमात्य र ई।रमाकान्त दुवाडी निर्वाचित हुनभएको थियो ।

पद हस्तान्तरण समारोहमा निवर्तमान अध्यक्ष ई।रामदीप साहले जनस्वास्थ्यको क्षेत्रमा थुप्रै काम गर्ने संभावना भएकोले नवनिर्वाचित कार्य समितिले त्यसलाई पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफ्नो नेतृत्वमा रहेको कार्य समितिले केही क्षेत्र खास गरि वातावरण, जलवायु परिवर्तन, गुणस्तरीय खानेपानी आपूर्ति र मानव मल मूत्र व्यवस्थापनका क्षेत्रमा केही नयाँ कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

कार्यक्रममा पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष ई।डा। सञ्जीवविक्रम राणाले सोफेनको इतिहासमा आठौं कार्य समितिले उल्लेखनीय काम गरेको र आफ्नो नेतृत्वमा आएको नवौं कार्य समितिले पनि सोही पदचाप पछ्याउने बताउनुभयो ।

कार्यक्रममा नवानिर्वाचित महासचिव ई। अरुणकुमार सिम्खडाले सोफेनले वरिष्ठ इन्जिनियरहरुको साथ पाउदै आएकोले सदस्यहरुले निर्वाचनमा विश्वासका साथ दिनुभएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्व सचिव ई।सुमन शर्माले आठौं कार्य समितिले स्मार्ट वाटर, फिकल स्लज, इन्भायरोमेण्ट र क्लाईमेट चेञ्जका क्षेत्रमा उल्लेखनीय कामको थालनी गरेकोले त्यसको प्रभाव र असरका बारेमा कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यभार हस्तान्तरण कार्यक्रममा नेपाल ईन्जिनियर्स एशोसिएसनका पूर्व अध्यक्ष एवम् एआईटी एल्मुनाई एशोसिएसन नेपालका अध्यक्ष ई। किशोर शाक्यले सोफेनले आठौं कार्य समितिको कार्यकालमा खानेपानी, वातावरण र जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्टिय सम्मेलन सफलतापूर्वक आयोजना गरेर यसको गरिमालाई अभिबृद्धि गरको बताउनुभयो ।

उहाँले सोफेनसंग जनशक्तिको ठूलो समूह रहेकोले त्यसको उपयोग गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्दै जनस्वास्थ्यका क्षेत्रममा अझै थुप्रै काम गर्न बाँकी रहेको पनि बताउनुभयो ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक ई। सुदर्शन भण्डारीले सोफेनको आफ्नै भवन बनाउनेतर्फ पनि नयाँ कार्य समितिले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बडा दशै,तिहार,नेपाल सम्बत,छठको शुभकामना समेत आदान प्रदान गरिएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.