नेपालमा कम्युनिष्ट पार्टि नरहने ठकुवा, सचेतक बालकृष्ण खाण

नेपालमा कम्युनिष्टपार्टी विगठनको बाटोमा अगाडी बढेको दावि
बुटवल, कार्तिक १०
नेपाली काग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले नेपालमा कम्युनिष्टपार्टी विगठनको बाटोमा अगाडी बढेको दावि गरेका छन् । उनले अबको दश बर्षमा नेपालमा कम्युनिष्ट पार्टि नरहने ठकुवा गर्दै उहाहरुकै सिद्धान्तले लेनै पुष्टी गरेको बताए । बुटबलमा सनिबार रिपोर्टस क्लवले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता खाँणले तिनै तहका सरकारले जनता उधोगी ब्यवसायी सवैलाई आतंक मच्यायको आरोप लगाउदै जनचहाना अनुरुप काम गर्न नसकेको बताए । उनले भने, ‘घरको कर तिर्नको लागि घर नै बेच्नुपर्ने अवस्था समेत आउन थाल्यो भन्ने गुनासो आएको छ, यसमा सरकारको ध्यान जानुआवश्यक छ । उद्योगी व्यवासयीहरुलाई समेत सकरारले आतंकित पार्ने काम गरेको भन्दै उनले सरकारलाई राज्यको शक्ति दुरुपयोग नगर्नको लागि आग्रह गरे ।

पुर्वमन्त्री समेतरहेका नेता खाँणले कांगे्रस भित्रको स्थाई गुटबन्दीले पार्टि कमजोर भएको बताए उनले पार्टी भित्रम मुद्दा तथा नितीगत गुटबन्दी नभै ब्यक्तीगत गुटबन्दीहुनुनै प्रमुख समस्या रहेको पनि नेता खाणले बताए । खाँणले प्रदेश नम्बर पाँचको राजधानी बुटवलमा नसर्ने दाबी गरेका छन् । खांणले बुटवलमा नै स्थायी राजधानी बन्नेमा विस्वस्त हुनको लागि आग्रह गर्दै उनले यसमा कुनै पनि शक्तिले स्थायी राजधानी बुटवलबाट बाहिर लैजानै नसक्ने ठोकुवा समेत गरे

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.