प्रदेश ५ मन्त्रिपरिषदद्वारा विभिन्न निर्णय

बुटवल, १६ कार्तिक । प्रदेश ५ मन्त्रिपरिषद वैठकले विभिन्न मन्त्रालयले पेश गरेका कार्यविधि, निर्देशिका विधेयक सहित १३ वटा विधेयकलाई स्वीकृत गरेको छ । आज बसेको वैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट पेश भएको प्रशासकिय कार्यविधि को अवधारणा पत्रमा सैद्धान्तीक स्वीकृति प्रदानगरेको छ ।यसै गरी प्रदेश नम्वर पाच जाचबुज आयोग गठन तथा काम कर्तव्य र अधिकर सम्बन्धी ब्यवस्था गर्नबनेकोअवधारणा पत्रमा सैद्धान्तीक स्वीकिति प्रदान गरेको छ । यस्तै प्रदेश न पाचं को संघ संस्था दर्ता सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । प्रदेश न पाचं को बिउबिजन सम्बन्धी व्यबस्था गर्न बनेको विधेयक यस्तै प्रदेश न पाचं को दाना पदार्थ सम्बन्धी मल व्यबस्था गर्न बनेको विधेयक पनि स्वीकृत गरेको सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरी ले जानाकारी दिनु भयो । यस्तै बैठकले खानेपानि सेवाको बिकास जनता आवास कार्यक्रम कार्यन्वयन कार्यविधि प्रदेश न पाचं को औधोगिक व्यबसाय सम्बन्धमा बनेकोविधेयकहरुको अवधारणापत्र लगायतका १३ वटा विधेयक मा सैद्धान्तिक स्वीकृति मन्त्रिपरिषद वैठकले प्रदान गरेको छ

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.