१४ वर्षको कठोर कारबास र १४ वर्षकै वनबासको क्रान्तिबाट अहिलेको सफलता मिलेको अध्यक्ष दाहाल

नेपाल कम्युष्ट पार्टी(नेकपा) का केन्द्रीय अध्यक्ष पुष्पकमल दाहल(प्रचण्ड)ले आफुले नेपालको परिषा नै बदल्न सफल भएको बताएका छन् । े नेकपा रुपन्देहीले बिजया दशमी, दीपावली, छठ र नेपाल सम्वतका अवसरमा आज बुटवलमा आयोजना गरेको शुभकामना सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विगत लामो समय देखि नेपाल भुपरिवेष्टित देशको रुपमा दुई ढुंगा विचको तरुलको उपमा दिईदै आएकोमा आव नेपालको परिभाषा ल्याण्ड लक(भुपरिवेष्टित)बाट परिणत गरी ल्याडलिंक(भुसंयोजक देश) देश बनाउन सफल भएको बताएका छन् । १४ वर्षको कठोर कारबास र १४ वर्षकै वनबासको क्रान्तिबाट अहिलेको सफलता हाल मिलेको उनको दाबी छ। चाडपर्वको अवसरमा नेकपा रुपन्देहीले बुटवलमा शनिबार गरेको शुभकामना सभामा बोल्दै दाहालले दुई कम्युनिस्टको एकताबाट समृद्ध मुलुक निर्माण गर्ने राजनीतिक पूर्वाधार बनेको बताए। प्रतिक्रियावादीको अवरोध गर्ने षडयन्त्रकाबीच भएको पार्टी एकता कुनै दयामायामा यहासम्म नपुगेको उनको भनाइ छ। ‘ओलीजीले कठोर १४ वर्ष जेल सहनुभयो, मैले १४ वर्षजति नै भूमिगत जीवन बिताएँ, यो परिवर्तन र उपलब्धि त्यसैको उपज हो’, उनलेभ ने, ‘कुनै साम्राज्यवादी र प्रतिक्रियावादीको दायामाया होइन।’ कम्युनिस्ट पार्टीको एकता विश्वकै लागि ऐतिहासिक कणी भएको भन्दै उनले पार्टी एकता हुदैन भन्नेलाई झट्का लागेको बताए। पार्टी एकतापछि सरकार असफल हुन्छ भन्ने प्रतिक्रियावादीको मनोविज्ञान फेल गराउदै सरकारले अब रफ्तार लिने उनले दाबी गरे।
दाहालले चौधबर्ष बनवास र चौधबर्ष काराबास बसेकाले नेतृत्व समालेका नेताहरुले नेतृत्व गर्दा देशमा संघिय गणतन्त्रक स्थापना पार्टि एकाता द्धितियाहिको सरकार गरकाले यसलाई संयोग मात्र नठान्न आग्रह गर्नु भएको छ । उहाले आफुहरुलाई प्रतित्रियावादि कुनैजालि फटाहा हरुले दयागरेर नदिएको समेत बताए । अवको १० बर्षमा एशियाकै गन्ने देशको सूचीमा पु¥याउने गरी अहिलेको सरकारलेकाम गरेको भन्दै नेता दाहालले ५ बर्षमा न्युतम आधारभुत आवश्यकता परिपुर्ती भएको देशको रुपमा नेपाल रहने र १० बर्षमा एशियाकै गन्ने मान्य मुलुकको सूचीमा नेपाललाई पु¥याएर छाड्ने बताए । उनले भने–‘जुन कार्य कम्युष्ट सरकराले मात्रै गर्न संभव छ पार्टी एकताको बेग २, ३ गियर मा अगाडी बढ्छ ।
विगत लामोसमय देखि को राजनीतिक अस्थीरताको विचमा दुई वटा पार्टी विचको एकताले विश्वमा नै एउटा सकारात्मक सन्देश पैदा गरेको भन्दै उनले यसलाई महान संयोग मात्रै नभई लामो समय देखिको कसरदको उपलब्धी भएको बताए । अहिले विभिन्न चरणबाट पारवाहन सन्धी लगायतका कारण नेपाल देशहरु संग जोडिने चरणमारहेको भन्दै उनले अव नेपाल भुपरिवेष्टित देशको रुपमा नरहेको बताए ।सभार्लाइ सम्बोधन गर्र्दै नेता दाहलले अहिलेको पार्टी एकता स्थानिय तह सम्म पुग्न केही विलम्ब भएको स्वीकार गर्दै तर यसमा कुनै पनि विवाद भएर यसो नभएको बताएका छन् । अव पार्टीको एकता स्थानिय तह सम्म नै अगाडी बढ्ने भन्दै उनले यसलाई अव १ निम्बरको गियरमा पार्टी नच्ले बताए । नेपालका कम्नष्ट पाटीको युग प्रभारम्भ एको भन्दै उनले अव जहिले पनि पार्टी , २, ३ गियरको स्पडमा अगाडी बढ्ने दावि समेत गरे ।
देश समृद्धिको दिशामा ः विष्णु पौडेल
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय महासचिव बिष्णु पोडेलले मिलेर समृद्धि हमसिल गर्ने अभियानमा लागेको बताए । उनले दुनियाँको नभएको नयाँ कम्युष्टको विश्वविद्यालय बनेको बताउदै जनताको विरुद्ध मा सडयन्त्र भैरहेको बेलामा दुईतिहाई बहुमतले विशाल सन्देश पैदान गरेको बताएका थिए ।
जनताको विश्वास जितेर शक्तिशाली कम्युनिस्ट पाटि निरमाणा भएको बताए । उनले भने अब हामी देश विकासको योजनमा अगाडि बढ्यो । उनले अब धेरै कम्युनिस्ट पाटिको अनुहार हेरिरहनुपरदैन । पाटिएकताको काम मामुलि काम नभएको उनको तर्क थियो । नेकपा एमाले र माओवादि एउटा नदि किनारालहोईन नदिको वेग भएको बताए ।
मिनि नेपाल प्रदेश ५ मुख्य मन्त्री शंकर पोखरेल
कार्यकमा बोल्दै नेकपा प्रदेश ५ का संयोजक तथाा मुख्य मन्त्री शंकर पोखरेल लेनेकपाको एकता पछाडि जिडिपि ८ प्रतिशत लक्ष्य राखेने बताए । उनले १० प्रतिशत भन्दा बढि जिडिपि पुर्याउने बताए । सरकारकोे नारा मिनि नपालको रुपमा रहेको भन्दै सिंगो नेपाल बनाउने अभियान बुटवलबाटलबाट सुरु भएको बताए । शुभकामना सन्देश सभालाई संघिय सरकारका कृषि तथा पशुपिक्षी विकास मन्त्री चक्रपाणि खनाल (वलदेव), नेकपामा स्थायी कमिटि सदस्य तथा पुर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी, नेकपा प्रदेश ५ अध्यक्ष ओनसरी घर्ती, नेकपाका नेता छविलाल विश्वर्मा, निर्मल जिसी, नेकपा रुपन्देही शिवराज सुवेदी, निर्मल जिसी लगायतले बालेका थिए । कार्यक्रममा हजारौ कार्यकर्ता उपस्थीति भएका थिय । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कम्युनिस्ट पार्टीको बहुमत सरकार कसैले दया गरेर नबनेको बताएका छन्।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.