अटो ग्रामको रुपमा विकास गर्नु पर्छ बल देव शर्मा पोखरेले अटो सृजनशिल पत्रकारिता पुरस्कार खनाललाई

बुटवल अटो ईन्जीनियरिङ्गको २३ औ साधारण सभा तथा अधिवेसन

बुटवल, १ मंसिर ।
बुटवलमा हाल सञ्चालनमा आएको अटो भिलेजलाई अझ व्यवस्थित गरी अटो जोनको रुपमा विकास गर्न सरोकारवलाहरुले माग गरेका छन् । बुटवल अटो ईन्जिनियरिङ्ग एशोसियसन बुटवलको २३ औ बार्षिक साधारण सभा तथा १२ औ अधिवेसनमा बोल्दै अटो ग्रामको विकल्प नभएको भन्दै राज्य क्षेत्र र नीजि क्षेत्रको संयुक्त सरोकारमा व्यवस्थित अटो ग्राम आवश्यक रहेको बताएका हुन । बुटबलको मात्र नभई देशको गौरव भएकाले यसमा सवेको ध्यान दिनु जरुरी रहेको बताए छन् ।
कार्यक्रममा बोल्दै नेपाली काग्रेस प्रदेश नम्बर ५ संसदीय दलका नेता बल देव शर्मा पोखरेले अटो ग्रामको कुनै पनि विकल्प नभएको बताए । अटो क्षेत्र पनि सम्मानित क्षेत्र रहेको भन्दै उनले यसलाई एउटा औद्योगीक क्षेत्रको रुपमा जस्तै सरकारले पुर्वाधारहरुको विकास गर्नुपर्ने बताएका हुन । यस्तै कार्यक्रममा बोल्दै मन्तब्य अटो ब्यवसायी महासंघ केन्द्रिय अध्यक्ष यमलाल भुसालले व्यवसायीहरुको करोडौ लगानी रहेको अटो क्षेत्रलाई व्यवस्थापन गर्नु आवको प्रमुख दायित्व सरकारको रहेको बताएका थिए । उनले सबैको साझा पहलबाट नै उक्त कार्य संभव रहेको भन्दै व्यवसायीहरुको अटो क्षेत्रमा भएको लगानी सुरक्षित गर्नुपर्नेमा उनले जोड दिएका थिए । उनले भने–‘व्यवसायीहरुको लागनी सुरक्षाको ग्यारेन्टी भएमात्रै यस क्षेत्रका व्यवासायीहरु उत्साहित हुने छन् । ’ हजारौको संख्यामा रोजगारी पाईरहेको अटो क्षेत्रलाई अझ बढि व्यववस्थित बनाउनको लागि सरकारी क्षेत्रबाट विभिन्न रोजगारमुलक तालिमहरु समेत आवश्यक रहेको उनको भनाइ रहेको छ । बुटवल उपमहानगरपालिकाका बरिष्ठ अधिकृत भुवाप्रसाद लुइटेल ले सबैको साझा अभियान बाट बुटवल अटो भिलिजले नयाँ स्वरुप पाउने बताएका थिए । यस्तै पश्चिम नेपाल बस व्यवासयी संघका अध्यक्ष दधिराम खरेलले यातायात क्षेत्र संग जोडीएको अटो क्षेत्रको भविश्य सुन्दर रहेको भन्दै यसमा अटो व्यवासयीहरुले आफ्नो जायज मागलाई मात्रै राखी अटो क्षेत्रको उत्थानको लागि लाग्नुपर्ने बताए ।

विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि बुटवल अटो ईन्जीनियरिङ्ग एशोसियसनले प्रदान गर्दै आएको सृजनशिल अटो पत्रकारिता पुरस्कार यस बर्ष बुटवल टुडे दैनिकका बरिष्ठ संवाददाता कृष्ण खनाललाई प्रदान गरेको छ । विगत ९ बर्ष देखि बुटवलमा रहेर समसामहिक, आर्थिक, कृषि क्षेत्रमा कलम चलाउदै आएका खनाललाई नेपाली काग्रेस प्रदेश सभा ५ संसदीय दलका नेता बददेव शर्मा पोखरेल, एशोसियसनका अध्यक्ष सन्तोष पाण्डे र अटो ईन्जीनियरीङ्ग महासंघ केन्द्रीय अध्यक्ष यमलाल भुषाल ले संयुक्त रुपमा प्रदान गरेका थिए ।

 

यस्तै कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले पनि अटो क्षेत्र एउटा व्यवसायीक औद्योगीक क्षेत्र भएपनि सरकारको उचित ध्यान जान नसकेको बताएका थिए । कार्यक्रममा बुटवल उपमानगरपालिका वडा नम्बर –११ का वडा अध्यक्ष रामचन्द्र खनाल,वडा नं १ का वडा अध्यक्ष महेन्द्र लिगल,राप्ती अञ्चल अटो इन्जिनियरीङ्ग एशोसिएशनका अध्यक्ष टोपबहादुर कार्की,कपिलबस्तु अटो इन्जिनियरीङ्ग एशोसिएशनका अध्यक्ष टिपी शर्मा, बुटवल अटो इन्जिनियरीङ्ग एशोसिएशनका पुर्व अध्यक्षहरु ज्योति भण्डारी,भोजबहादुर बुढाथोकी,बिश्वराज गैरे, एशोसिएशनका बरिष्ठ उपाध्यक्ष प्रेम गौचन,उपाध्यक्ष मिनराज भुसाल, एशोसिएशनका प्रेस सल्लाहकार दामोदर खनाल,अटो ब्यवसायी रोशन पाण्डे लगातले बालेका थिए ।
यस्तै कार्यक्रममा बुटवल अटो इन्जीनियरिङ्ग अटो एशोसीयसनका अध्यक्ष सन्तोष पाण्डे पाढडेले प्रस्ट रुपमा अटो ऐन नआउनुनै प्रमुख समस्या भएको भन्दै सरकार संग छिटो भन्दा छिटो नै अटो भिलेज व्यवस्थापनको लागि कार्य अगाडी बढाउनको लागि माग गरेका थिए । कार्यक्रममा एशोसियसनका कोषाध्यक्ष दिपेश घिमिरेले संस्थाको बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए एशोसियसनका उपाध्यक्ष प्रेम गौचन, महसचिव बाबुलाल पाण्डे, सचिव तुल्सीराम न्यौपाने लगायतले बोलेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.