श्रमिकले पनि पेन्सन पाउने गरि सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ

बुटवल । मंसिर ११ । सरकारले निजी श्रेत्रमा कार्यरत श्रमिकलाई अवकासपछि पेन्सनको
व्यवस्थासहित योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको छ । सामाजिक सुरक्षा
कोषबाट वृद्ध अवस्था, औषधी उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रति
परिवार सुरक्षा योजना कार्यक्रमको सुरु गरेको हो । सो कोषबाट एकैपटक ३५ लाख श्रमिक
लाभान्वित हुने श्रम मन्त्रालयले जनाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण
विष्टले आजीवन निवृत्तीभरणको व्यवस्था आमुल परिर्वतनको संकेत भएको जानकारी दिनुभयो ।
सरकारले कोषबाट सुविधा पाउन श्रमिक र रोजगारदाता कम्पनिले कोषमा निश्चित रकम योगदान
गर्नुपर्ने छ । कोषमा अहिले झन्डै २० अर्ब रुपैयाा जम्मा भइसकेको र मासिक डेढ अर्ब थपिादै जाने
पनि मन्त्री विष्टले बताउनुभयो । कोषमा रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको १०
प्रतिशत सञ्चयकोष बापत र ८ दशमलव ३३ प्रतिशत उपदान समेत गरी १८ दशमलव ३३ प्रतिशत
र श्रमिकले सञ्चय कोषबापत गर्ने १० प्रतिशत योगदान गरी २८ दशमलव ३३ प्रतिशत रकमबाट
वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिने छ । १५ वर्ष निरन्तर योगदान गरेका श्रमिकले सो
सुविधा पाउने छन् ।
कार्यक्रमको काठमाडौंमा मंगलवार आयोजित एक कार्यक्रममा औपचारिक सुरुवात गर्दै प्रधानमन्त्री
केपी शर्मा ओलीले एउटा नयाा प्रकृतिको कार्यक्रमले सिंगो नेपाली समाजलाई एउटा नयाा युगतर्फ
प्रवेश गराएको बताउनुभयो ।
प्रधानमन्त्रीले गरेको सम्वोधनका मुख्य अंश यस्ता छन्(
पहिलो सामाजिक सुरक्षा दिवस र सामाजिक सुरक्षा योजनाको शुभारम्भको यस सुखद् अवसरमा
म, सबैमा बधाई तथा सुरक्षित भविष्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
( मैले पहिलो पटक प्रधानमन्त्री हुादा भनेको थिएा, यो सरकारले सबैका लागि सबैको
सहभागितामा सामाजिक सुरक्षाको योजना लागू गर्छ । आजको यो कार्यक्रम, त्यसैको निरन्तरता
हो भन्न पाउादा मलाई गर्व लागी रहेको छ ।
( हामी आजको यस कार्यक्रममार्फत सबैलाई भन्न चाहन्छौं, हाम्रो राज्य नियन्त्रणकारी
संस्था मात्रै हैन, आफ्ना नागरिकको अभिभावक पनि हो । यसले भररअभरमा सुरक्षा दिने र श्रम गरे
वापत उचित पारिश्रमिक दिने दुवै गर्छ ।
( आजको यसदिनसम्म आईपुग्न हामीले धेरै घुम्तिहरु पार गरेका छौं । आजभन्दा २५ बर्ष
पहिले हामीले नै पहिलो चोटी अल्पमतको सरकार बनेका बेला जेष्ठ नागरिक सुरक्षा कार्यक्रम
अन्तरगत सामाजिक सुरक्षाको नयाा प्रणाली थालेका थियौं । त्यो, एउटा दलको सरकारले एक
आर्थिक वर्ष वा एक कार्यकालमा सीमित हुने गरी ल्याएको एउटा आर्थिक सहायताको कार्यक्रम
थिएन, एकचोटी शुरु भएपछि निरन्तरता पाउने प्रकृतिको सामाजिक प्रणालीको थालनी थियो ।
( कनिका छरेको, ढुकुटी रित्याएको र आर्थिक अनुशासन भङ्ग गरेको जस्ता अनावश्यक,
गैरजिम्मेवार आरोपका बीच हामीले पाका उमेरका हाम्रा अभिभावकहरुलाई सम्मान स्वरुप मासिक
१०० रुपैंया जेष्ठ नागरिक भत्ता र समाजमा अपहेलित हुादै एकल जीवन बााच्न बाध्य हाम्रा दिदी

बहिनी र छोरीरचेलीहरुको पीडालाई संबोधन गर्न ७३घढसअसहाय तथा विधवा महिला भत्ता७३घढसको थालनी
गरेका थियौं ।
( परम्परागत रुपमा हाम्रो समाज सहयोगी र आत्मीय रहादै आएको छ । हाम्रो कल्याणकारी
समाज, पाहुना आएकाहरुलाई आफ्नो ओछ््रयानै छोड्नेदेखि भररअभरमा सबै मिलेर विपतमा
परेकालाई सहयोग गर्ने परम्परा सहित अघि बढेको छ । जनताले आफ्नै अनुभवमा गुठी, ढिकुर वा
ढुकुटी, धर्म(भकारी, अ‍ैंचोरपैंचो, पर्म, सघाउ वा जातीरसमुदायमा आधारित सेवा समिति मार्फत
ऐक्यवद्धता र सहयोग दिइने प्रचलन रहादै आएको छ ।
( आधुनिकतासागै यी परम्पराहरु भत्किन पुगे । तीनरचार पुस्ता सागसागै रहने ठूलारठूला
सामुहिक परिवारहरु स(साना परिवारमा विभक्त भए । ७३घढसपुरानोलाई छोडेको तर नयाा प्रणालीमा
नजोडिएको७३घढस त्यो संक्रमणकालीन खाडललाई जोड्न के गर्ने भन्नेमा बहस भइ रहेको थियो, योजना
चााहि बनी रहेको थिएन । ७३घढससक्नेले खाने, नसक्ने जाने७३घढस जस्तो अमानवीय र गैरजिम्मेवार राज्यको
भूमिकामा परिवर्तन जरुरी थियो । त्यसैकालागि यस किसिमको प्रवन्ध आवश्यक थियो ।
( कतिले यसलाई बुझेनन् । कतिले यसलाई कम्युनिस्ट सर्वसत्तावादी कार्यक्रम ठाने । कतिले
यसलाई बुझेर पनि बुझ पचाए । दलगत स्वार्थमा चोट पुग्ने ठानी निन्दारभत्सर्ना गरे, भााड्न खोजे

( जे होस् अहिले त्यो राम्रो थालनीको जनक आफैं बन्ने होडवाजी देखिन्छ । त्यस्ता
योजनाहरुको ममीरड्याडी मैं हुा भन्नेहरुको दावीरप्रतिदावी पनि सुनिन्छ । भत्ता पाउने ७३घढसउमेरको हद
घटाउने र भत्ताको दर बढाउने७३घढस नाटक गर्ने होडवाजीमा साथीहरु लागेको देखिन्छ।
( आजको यस कार्यक्रम मार्फत हामी २५ बर्ष अघि थालेको त्यो कार्यक्रममा थप नयाा आयाम
दिादैछौं ।
( सरकारी सेवामा रहेकालाई, ७३घढसमान र मानो७३घढस दुवै दिने तर अन्य सेवामा रहेकालाई वेवास्ता
गरिने प्रचलनलाई सुधार्ने प्रयास थालेका छौं । श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित
गर्ने र आधुनिक सभ्य समाज अनुरुप सिङ्गो समाज मिली( सबैको संरक्षण गर्ने प्रणालीमा प्रवेश
गर्दैछौं ।
( यो नयाा प्रणाली, लक्षित उमेर समूह वा समुदायलाई मात्र हैन, सबैका लागि हो । यो(
( ज्याला रोजगारी हुने र नहुने
( युवा हुन् वा वृद्ध
( स्वस्थ्य हुन् की विरामी
( बालबच्चा भएका वा नभएका
( आम्दानी भएका वा नभएका सबैलाई हो ।
( ७३घढसकोक्रोमा आउादैदेखि कात्रोमा नबेरिएसम्मको सुरक्षा७३घढस भन्दै भाका टिप्नेहरु पनि(पछि पछि
आए । के गर्ने र कसरी गर्ने भन्ने अवधारणा नै नभएकाहरुले स्वास्थ्य विमाको आफैं च्याम्पियन
भएको धमास लगाउन पनि भ्याए । के हुादैछ, राज्यले कसरी र के गर्दै भन्ने अत्तो पत्तो


नभएकाहरुले हाम्रो संविधानले परिकल्पना गरेको ७३घढससमाजवाद उन्मुख राज्य७३घढसलाई ७३घढसदलाल पूाजीवादी७३घढस
भन्न पनि भ्याए ।
( पत्रपत्रिकामा कसैले सोधेछन्( सरकार हरायो, कहाा छरु के गर्दैछरुआज म भन्न चाहन्छु,
सरकार यहाा छ, श्रमजीवी जनताको वीचमा छ। उनीहरुको भविष्य सुरक्षित गर्ने योजना निर्माणमा
तल्लीन छ । त्यसलाई लागू गर्न कटिबद्ध छ । भोली कसैकसैले भन्न पनि सक्छन्( यो तामझाम
किनरु मेरो जवाफ हुनेछ( ७३घढसदेखिन, थाहा पाइन७३घढस भन्नेहरुलाई ७३घढसदेखिने गरी, सुनिने गरी७३घढस हाम्रा
योजनाको जानकारी गराउन आजको कार्यक्रम आयोजना गरिएको छ । साथ दिने सहयात्रीहरुसाग
खुशी र उत्सव मनाउन यो कार्यक्रम आयोजना गरिएको छ ।
( म ठान्दछु, समाज निराशामा रहेको अवस्थामा हौसला दिनुपर्छ । प्रणाली भत्केको बेलामा
सपना देखाउनु पर्छ । र, शासनको बागडोर हातमा पर्नासाथ ती सपना र आशहरुलाई मूर्तता दिने
काम गर्नुपर्छ ।
( विगतमा हामीले त्यसै गर्ने प्रयास गर्यौं । र, अहिले हामी त्यही गर्दै छौं ।
( उदारिकरणको राक्षसले हाम्रो अर्थव्यवस्थामाथि बुलडकोजर चलाएको बेला, हाम्रा
सार्वजनिक संस्थाहरु कौडीको मोलमा लिलाम भइरहेको बेला, भविष्यको आशाको त्यान्द्राहरु
छिनालिएको बेला, औद्योगिकिकरण विकासका बाटाहरु स्वार्थका नङ्ग्राले चिथोर्दै भत्काइ रहेको
बेला, हामीले एउटा प्रणाली थालेका थियौं । त्यसको शुरुवात पाकाहरुबाट गर्यौं, ती हाम्रा
अभिभावकहरुमा लामो आयु बााच्ने आशा जगायौं । ७३घढससाठी नाघेका मानिस हाम्रो के भर७३घढस भन्ने
निराशाको ठााउमा ७३घढसकम्तिमा पनि ७० ननाघी, राज्यले दिने भत्ता नलिइ मर्दिन७३घढस भन्ने मान्यता
स्थापित गरायौं । छाडा पूाजीवादी व्यवस्थामा सन्तानले फ्यााक्छ, तर न्यायिक राज्यमा मेरो
सरकार छ, मेरो राज्य छ त्यसैले मलाई पाल्छ भन्ने सन्देश प्रवाह गर्यौं ।
( के हो, के हो भन्ने अनिश्चय चिरिएपछि, हुादो रहेछ भन्ने विश्वास बसेपछि हामीले
समाजको अर्को कमजोर पक्ष र हाम्रो भविष्य, बालबालिकाको हितमा अग्रसर भयौं ।
( स्मरण गरौं तरुगर्भमा रहेदेखि नहुर्केसम्म शिशु संरक्षण र स्याहारको ७३घढससुनौलो १ हजार
दिन७३घढसको अवधारणा कसले ल्यायोरु७त्रगयतसवालसंरक्षण अनुदान, मातृत्व संरक्षण सुविधा, सबैको लागि
शिक्षा७त्रगयतस जस्ता कार्यक्रम यसपछिका श्रृंखला हुन् । नयाा बर्षको थालनी गर्दा स्कूल जाने उमेर भएका
बालबालिकाहरुलाई भर्ना अभियान कुनै रमाइलोको लागि गरिएको थियो ररु कार्यक्रमका रुपमा
लक्षित क्षेत्र र समुदाय केन्द्रीत सामाजिक सहायताका यस्ता योजना त छादै छन् ।
( आज हामी सामाजिक सुरक्षा योजनाहरुको शुरुवात गर्दैछौं । यो सामाजिक सुरक्षा भनेको,
सामाजिक साझेदारीमा आधारित अभियान हो ।
( राज्यले सबै नागरिकहरुप्रति समान व्यवहार गर्छ । तर त्यो समानता उमेरको हिसावले
बाल्यकाल, सक्रिय उमेर, र वार्धक्य कालमा फरक फरक हुन सक्छ ।
( बाल्यकालमाः स्याहार । शिक्षा स्वास्थ्यमा समानता
( सक्रिय उमेरमाः अवसर। योग्याता र दक्षताको आधारमा रोजगारी
( पाको उमेरमाः सम्मान र संरक्षण ।

द्ध
( सामाजिक सुरक्षाको थिति यसैगरी बसाइन्छ । स्पष्ट हुनुपर्ने कुरा के छ भने सामाजिक
सुरक्षा भनेको दान दातव्य हैन, नत यो बचत हो । यो एउटा ऐक्यवद्धतामा आधारित प्रणाली हो ।
( समाजिक सुरक्षा भनेको ७३घढसढुकुटीबाट झिक्दै (बााड्दै हैन, ढुकुटीमा भर्दै( भरथेग गर्दै७३घढस अघि
बढ्ने विधि हो ।
( एउटा भनाई छ नि, एक थुकी सुकी( सय थुकी नदी । ठीक त्यस्तै सामाजिक सुरक्षाका
योजना भनेको पनि ७३घढसएकरएक मिली सबैलाई, सबै मिली एकरएकलाई७३घढस भने जस्तै हो ।
( सामाजिक सुरक्षा भनेको आम्दानी गुम्दाः सट्टा आम्दानीको रुपमा, आम्दानी अपुग हुादाः
थप आम्दानीको रुपमा र आम्दानी नै नहुादाः सहायक आम्दानीको रुपमा दिइने भरथेग हो ।
( यस्ता सहयोग सर्वकालीक र योगदानमा आधारित हुन्छ । योगदानमा आधारित भनेको
राज्यको सहभागितामा कमाउन सक्नेले योगदान गर्ने र रोजगारी दिनेले ऐक्यवद्धता जनाउने
विधि हो । त्यसैले सामाजिक सुरक्षा भनेको अधिकार र दायित्वको समिश्रण हो ।
( सामाजिक सुरक्षाका योजनाहरुले ज्यालाजीवी, जंगीरनिजामती र स्वरोजगारीमा रहेका
सबैलाई समेट्छ ।यसले औपचारिक वा अनौपचारिक श्रम क्षेत्रमा कार्यरत सवै श्रमिकलाई समेट्छ ।
म स्पष्ट पार्न चाहन्छु( अव सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर पर्दैनन् । आजबाट
सुरुहुने सामाजिक सुरक्षाका योजनाहरु मूलतः ज्याला रोजगारी र स्वरोजगारीमा रहेकाहरुप्रति
केन्द्रित छ ।
( सामाजिक सुरक्षा कोषको नारा( ७३घढससहभागिता, योगदान र सामाजिक सुरक्षा७३घढसमा यसको विधि,
प्रकृया र दायरा स्पष्ट प्रतिविम्बित छ । काममा रहेका श्रमजीवी जनतालाई सुरु गर्न लागिएको
पााचवटा सुरक्षाका योजनाहरु( औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा
असक्त सुरक्षा योजना, आश्रति परिवारको सुरक्षा र बृद्धावस्था सुरक्षा योजनाले हाम्रो श्रमको
संसारमा श्रमशक्ति किन्ने र श्रमशक्ति बेच्ने दुवै पक्षलाई थप हौसला प्रदान गर्ने मेरो विश्वास
रहेको छ । श्रमजीवी वर्गको उच्च ज्यालाको आकांक्षा र उद्यमी व्यवसायीको उच्च उत्पादकत्वको
अपेक्षा दुवैको यी योजनाहरुबाट सम्बोधन हुन्छ । सुरक्षा हुनुपर्यो भन्ने श्रमिक र श्रम शर्त खुकुलो
हुनुपर्यो भन्ने रोजगारदाताको सुमधुर भेट यहाा हुन्छ ।
( सामाजिक सुरक्षा र लोककल्याणकारी राज्यको हाम्रो अवधारणाको सम्बन्धमा म फेरि
एकपल्ट स्पष्ट पार्न चाहन्छु । हामीले भनेको राज्य जनताको राज्य हो । सार्वभौेमसत्ता जनतामा
रहेको र जनता नै शक्तिका र राज्यशक्तिका समेत श्रोत रहेको राज्य हो । हामीले भनेको लोकतन्त्र
जनताका निम्ति काम गर्ने जनताको शासन व्यवस्था हो, जहाा जनता सर्वशक्तिमान( अन्तिम
शासक हुन्छन् ।
( मैले लगातार भन्दै आएको छु( यो जनताको जनवाद हो । जनताको जनवाद वा लोकतन्त्र
राजनीतिक अधिकार वा स्वतन्त्रताका हकहरुमा मात्र सीमित हुादैन । यो राजनीतिक, आर्थिक,
सामाजिक, साास्कृतिक लगायतका सामाजिक जीवनका सम्पूर्ण क्षेत्रहरुमा फैलिएको पूर्ण लोकतन्त्र
हुन्छ । हामी यही पूर्ण लोकतन्त्रको पक्षमा छौं । यसैलाई भनिन्छ, सामाजिक न्याय र समानता
सहितको लोकतन्त्र । हाम्रा भविष्यका कर्णधार वालबालिकाहरुलाई भोकै(नाङ्गै राख्ने, पढ्न(लेख्न


अवसर नदिने, हाम्रा युवाहरुलाई शिक्षा, रोजगारी र आय आर्जनका अवसरबाट वञ्चित पार्ने र हाम्रा
अभिभावक( जेष्ठ नागरिकहरुलाई वेसहारा बनाउने सिमित मान्छेहरुको सामन्ती स्वार्थी शासन
हामीलाई चाहिदैन थियो । र, हामीले फाल्यौं पनि । त्यस्तो व्यवस्थाको संस्थापक र संरक्षक
जनविरोधी राणाशासन र राजतन्त्र हामीले फाल्यौं । केही मानिसहरु हिजोका अनुचित लाभका
अवसरहरु अहिले झलझली सम्भिmएर, कहिले धर्मको बहान बनाउादै त कहिले लोकतन्त्रलाई
सराप्दै १०४ बर्षको अन्धकार युग र २४० बर्षको अत्याचारी सामन्तीतन्त्रलाई जनताले विर्सेकी
भन्दै राजतन्त्र फर्काउन सिसडोल उधिनिरहेका छन् ।गणतन्त्रका हाम्रा संस्थामाथि केही धावा
बोल्न उद्यत छन् । उनीहरुले बुझ्नु पर्ने थियो, राष्ट्रपति(उपराष्ट्रपति जस्ता संस्थाहरु विभत्स
हत्याकाण्डका आकस्मिक उपज हैनन् । जनताको लामो बलिदानपूर्ण संघर्षबाट स्थापित जनताका
आकााक्षाका प्रतिरुप हुन् । हाम्रो गणतन्त्रका अति सम्मानित संस्थाहरु हुन् । आफैं सक्रिय नहुने ती
मर्यादित संस्थाहरुप्रतिको आक्रमण, विरोधीहरुको असहिष्णुताको उपज हो र चरम राजनीतिक
असहिष्णुता पनि हो भन्ने म ठान्दछु । विरोधका लागि विरोध गर्ने, हिंसात्मक वकालत गर्ने
उत्श्रृंखल तत्वहरु, राष्ट्रिय एकताको सन्दर्भमा भ्रम फैलाउने, राष्ट्रिय एकतालाई कमजोर बनाउने
त्यस्ता तत्वहरुको क्रियाकलाप प्रति पनि सरकार सजग छ भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु ।
उनीहरुले यो पनि बुभ्mनु पर्ने( अब देश अघि बढ्यो । अगाडि बढिसक्यो । अब मुलुक
सुशासन र विकासको बाटोमा लम्कियो । हरेक क्षेत्रमा अब नेपाल हरेक दिन एक कदम अगाडि १
( मैले अघिल्लोपल्ट प्रधानमन्त्री हुादै भनेको थिएा( यो उर्वर देश, यहाा चरा, मुसा,
किरा,फट्यााग्रा पनि भोकले मर्दैनन् । यस्तो देशमा अब जनताको सरकार छ , यहाा कोही भोकै
पर्दैन, भोकले मर्नु पर्दैन १आज फेरि म सबैलाई आश्वस्त पार्न चाहन्छु ।
( सम्पूर्ण प्रयास जनताका लागि, सम्पूर्ण उपलब्धि जनताको सम्पती १ पछाडी परेको वर्ग,
क्षेत्र र समुदायलाई विशेष प्रवन्धगरी अगाडि ल्याऔं १ गरिवीको वितरण होइन, सबै मिलेर समृद्धि
हासिल गरौं, सबैलाई सुख बााडौं १ राज्य रक्षक हो, संरक्षक हो, सहयोगी हो । यही हो,
लोककल्याणकारी राज्य, समाजवाद उन्मुख लोकतान्त्रिक राज्य १ हाम्रा आजका प्रयासहरु यस
यात्राका थप कदमहरु हुन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.