जमिनको  मूल्यवृद्धिले नयां उद्योग स्थापनामा अप्ठेरो, उद्योगमैत्री नीति निर्माण भइरहेकाले छलफलमा आउन अनुरोध मुख्यमन्त्री पोखरेल

बुटवल, मंसिर १५–
प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले उत्पादनमुलक उद्योगको विकास र व्यवसायको जर्गेना गर्न नसक्दासम्म देशको आर्थिक विकास तथा औद्योगिकिकरण हुन नसक्ने बताउनु भयो । मुख्यमन्त्री पोखरेलले रुपन्देही उद्योग संघको ४१ औं स्थापना दिवशमा सम्मान, पुरस्कार र रकम हस्तान्तरण कार्यक्रमबोल्दै
वदलिदो परिश्थिति अनुसार प्रविधिको उपयोग र परम्परागत प्रणालीको विस्थापन आजका उद्योगहरुको समस्या भएको जिकिर गर्नु भयो । जमिनमा बढेको अस्वाभाविक मूल्यवृद्धिले नयां उद्योगी स्थापित हुन अप्ठेरो भएको बताउंदै उहाले प्रदेश सरकार उद्योगीका सबै समस्या समाधान गर्ने गरी उद्योगमैत्री कानुन निर्माणमा लागेको बताउनु भयो । उहाले प्रदेश सरकारले औद्योगिक विकासका लागि औद्योगिक क्षेत्रको स्थापना र रहेका क्षेत्रहरुको संरक्षणको कसरी गर्न सकिन्छ भनेर गम्भिरता पूर्वक अध्ययन गरिरहेका बताउदै प्रदेश सरकारको जिम्मामा नआउने औद्योगिक क्षेत्रहरुको बारेमा कुनै काम गर्न नसक्ने स्मरण गराउनु भयो । मुख्यमन्त्री पोखरेलले उद्योग स्थापनाका लागि भू स्वामित्व तथा भूमिको वर्गिकरणका विषयमा रहेको अन्यौलता नहड्दासम्म समस्या यस्तै रहिरहने जिकिर गर्दै उद्योगीहरुमा सामुहिकताको भावनाको विकास गर्न आग्रह गर्नु भयो । पोखरेलले औद्योगिकरण र लगानीमैत्री वातावरण बनाउन जमिन व्यवस्थापन मुख्य चुनौती रहेको बताउदै नाकाबन्दीको समयदेखि रुपन्देही लगानीका हिसाबले सुरक्षित भएको सकारात्मक सन्देश गएको र यहां औद्योगिक क्षेत्र स्थापनाका लागि धेरैको चासो बढेपनि सामुहिक भावनाको कमीले समस्या बढेकोबताउन’भयो । कार्यक्रममा विशिष्ठ अतिथि प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री लिला गिरिले उद्योगीहरुलाई करको दायरामा आएर सरकारलाई सहयोग गर्न आग्रह गर्र्दै उद्योगमैत्री नीति निर्माण भइरहेकाले छलफलमा आउन अनुरोध गर्नु भयो । उहाको उद्योगीले संचालन गर्ने प्रदर्शनीमा विदेशी उत्पादनलाई निरुत्साहित गर्न आग्रह गर्दै त्यसप्रकारका उद्योगमा लगानी बढाउन उद्योगीहरुलाई आग्रह थियो । नेपाल उद्योग परिसंघका प्रदेश ५ संयोजक एजाज आलमले उद्योगी व्यवसायी फाइल बोकेर अहिले पनि संघीय राजधानी धाउनुपरेको बताउदै प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । सो अवसरमा यस क्षेत्रका सदस्य उद्योगहरु मध्येबाट विभिन्न प्रकृतिका १२ उद्योगहरुलाई सम्मान गर्नुकासाथै उत्कृष्ठ औद्योगिक पत्रकारिता पुरस्कार–२०७४ वितरण गरिएको थियो । यसैगरि सदस्य उद्योगहरुमा कार्यरत कर्मचारीका छोराछोरी २ जना र १४औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको टिकटबाट शिक्षा क्षेत्रका लागि छुट्याईको रकम, नगरपालिका हरियाली कोषको रकम र मुटु अस्पताललाई छुट्याईएको रकम हस्तान्तरण पनि गरिएको थियो । संघले आफ्नो स्थापना दिवशका अवसरमा प्रत्येक बर्ष यस क्षेत्रका सदस्य उद्योगहरु मध्येबाट उत्कृष्ठ छनौट गरि सम्मान गर्ने गरेको परम्परालाई अगाडी बढाउदै यस बर्ष १२ वटा उद्योगहरुलाई सम्मान प्रदान गरेको थियो
यसरी सम्मानित हुने उद्योगहरुमा ठूला उद्योगहरुमध्येबाट जगदम्बा सिमेन्ट इण्डष्ट्रिज प्रा.ली, मझौला उद्योगहरुबाट युनाइटेड प्लाष्टिक इण्डष्ट्रिज प्रा.ली, साना उद्योगहरुबाट ज्याक्वर इण्डष्ट्रिज, घरेलु उद्योगहरुबाट तिनाउ शुज उद्योग, कृषि तथा पशुजन्य उद्योगहरुबाट एजी प्रोडक्सन ग्रुप, उत्कृष्ट रोजगारदाता उद्योगहरुबाट एस. के. इन्जिनियरिङ, रिसाइक्लिन उद्योगहरुबाट स्पीड इनर्जी इण्डष्ट्रिज प्रा.ली, महिला उद्योमीहरुबाट यमुना चापागाई भगवती महिला चुरा उद्योग, युवा उद्यमीहरुबाट मनोज जिसी सिटीपी हाउस, उत्कृष्ट प्रविधि उद्यापादन उद्योगहरुबाट थापा इन्जिनियरिङ प्रा.ली., वाताबरणमैत्री उद्योगहरुबाट ग्रेस फर्मास्युटिकलल्स प्रा.ली र प्रोसेसिङ उद्योगहरुबाट सुपर क्वालिटी मिट प्रोसेसिङ इण्डष्ट्रिज प्रा.ली. रहेका छन् । सम्मानित उद्योगहरुका प्रतिनिधिहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेल, विशिष्ठ अतिथि प्रदेश नं. ५ का उद्योग, वन तथा बातावरण मन्त्री लिला गिरी र संघका अध्यक्ष गणेश प्रसाद अधिकारीले संयुक्त रुपमा सम्मान स्वरुप सम्मानपत्र, दोसल्ला तथा माला र टिका लगाइ दिनु भएको थियो । यसैगरि सोही कार्यक्रममा यस क्षेत्रमा रहेर औद्योगिक विकासका लागि कलम चलाउने सञ्चारकर्मीहरुलाई पुरस्कृत गर्ने गरि २०५७ सालमा रुपन्देही उद्योग संघले स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०७४ बाट दैनिक पत्रमा कार्यरत तेजेन्द्र केसीलाई नगद ३५ हजार ५ सय ५५ सहित प्रशंसापत्रबाट पुरस्कृत गरिएको थियो । कार्यक्रममा १४ औद्योगिक प्रदर्शनीको प्रवेश टिकटबाट शिक्षा, स्वाश्थ्य र वातावरण क्षेत्रका लागि छुट्याइएको रकम मध्येबाट ज्ञानज्योती पुस्तकालय, मिलनचोकलाई रु. २५ हजार, लक्ष्मी मा.वि, बुटवललाई २ सेट कम्प्युटर, हरियाली शुल्क बाफत बुटवल उपमहानगरपालिकालाई बुटवल मण्डप हरियाली कोषमा रु. ५ लाख १९ हजार ३ सय ६८ तथा गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई रु. ७ लाख १ हजार ६ सय हस्तान्तरण गरिएको थियो । यसैगरि उद्योगमा काम गर्ने कर्मचारीहरुका छोराछोरीमध्ये कक्षा ९ मा अध्ययन गर्ने १ जना छात्र र १ जना छात्रालाई छात्रवृति दिने कार्यक्रम अन्तरगत एग्रो एफआरपि इण्डष्ट्रिजमा काम गर्ने मजदुरकी छोरी सिता मावि चरङेमा अध्ययनरत छात्रा झरना पन्त र एभरेष्ट एब्रासिभ एण्ड एलाइड इण्डष्ट्रिजमा काम गर्ने मजदुरका छोरा सिद्देश्वरी माविमा, बुटवलमा अध्ययनरत छात्र मनिष हिस्कीलाई जनही रु.१० हजार १ सय ५५ नगद छात्रवृति प्रदान गरिएको थियो ।रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीको अध्यक्षता, सचिव जीवकान्त काफ्लेको संचालन, वरिष्ठ उपाध्यक्ष बाबुराम बोहोराको स्वागत तथा प्रथम उपाध्यक्ष माधव पौडेलको धन्यवादमा भएको कार्यक्रममा प्रदेश सांसद कृष्ण न्यौपाने, उद्योग संघका पूर्व अध्यक्षहरु महेन्द्रनारायण श्रेष्ठ, बोनिन पिया, दिनेशराज रेग्मी, उत्कृष्ठ उद्योगी भुपालकुमार श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष भेषराज विनाडी, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, पुरस्कृत पत्रकार तेजेन्द्र केसी लगायत बोल्नु भएको थियो । रक्तदान स्थापना दिवशका अवसरमा संघको आयोजनामा शनिवार विहान रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ६५ युनिट रक्तदान भएको कार्यक्रमका संयोजक यमलाल भटट्राईले जनाकारी दिनु भयो । कार्यक्रम नेपाल रक्त सञ्चार केन्द्र बुटवलका प्राविधिकहरुले सहयोग गर्नु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.