जनजागृति माविको स्वर्ण महोत्सव सफल बनाउन समितिहरु गठन

 

काठमाडौं । मंसिर २० । जनजागृति माध्यामिक विद्यालयगुल्मी छत्रकोट गाउँपालिका हुँगाको स्वर्ण महोत्सव सफल बनाउँन काठमाडौमा बसोबास गर्ने हुँगेलीहरुको भेला सम्पन्न भएको छ ।
हुँगेली समाज काठमाडौको भेलाले गुल्मीको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको र आफूले पढेको विद्यालयको स्वर्ण महोत्सवलाइ भव्यरुपमा सफल बनाउने निर्णय गरेको छ ।
महोत्सव सफल पार्न समाजका अध्यक्ष दिलबहादुर थापाको संयोजकत्वमा आर्थिक उपसमिति र सचिव रामकृष्ण भण्डारीको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ ।
आर्थिक समितिमा जनजागृति माविका पूर्व प्रअ ताराप्रसाद भण्डारी, उद्योगी तथा समाजसेवी दुर्गाप्रसाद न्यौपाने, संविधानविद् चन्द्रकान्त ज्ञवाली, समाजका महासचिव नुर भण्डारी, कोषाध्यक्ष विष्णुप्रसाद भण्डारी,सल्लाहकार हर्कबहादुर थापा र सदस्य ध्रुव भण्डारी रहनुभएको छ ।
यसैगरी प्रचार प्रसार उपसमितिमा बिष्णुप्रसाद सुवेदी, शंकर भण्डारी, युबबहादुर गाहा, दशरथ भण्डारी र मित्र भण्डारी रहनुभएको छ ।
यस्तै देश विदेशका विभिन्न क्षेत्रमा रहेका हुँगेली र हुँगामा अध्ययन गरेका पुर्व विद्यार्थीहरुसँग सम्पर्क तथा समन्वय गर्न युवाहरु मोतिलाल भण्डारी संयोजक र ताराप्रसाद न्यौपाने, माधवप्रसाद न्यौपाने,रामप्रसाद भण्डारी, यमुना भण्डारी र रोहित सुवेदी सदस्य रहेको समिति बनाइएको छ ।
यस्तै निजामति तथा सेवा क्षेत्रमा कार्यरत पुर्व विद्यार्थीहरुसँग समन्वय गर्न शालिकराम सुवेदीको संयोजकत्वमा प्रेम नारायण कंणेल,ज्ञानराज सुवेदी, तोयनारायण सुवेदी, डिल्लीराज भण्डारी र केशव सुवेदी रहनुभएको छ ।
विसं २०२४ सालमा स्थापना भएको जनजागृति माविले आगामीपुस १ देखि ५ गतेसम्मभव्यताका साथ स्वर्ण महोत्सव मनाउँदै छ ।

Comments

comments

2 प्रतिक्रियाहरु

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.