एक बर्ष भित्र महिला हिंसा मुक्त वडा बनाईनेः अध्यक्ष भुषाल कृयाशिल अग्रज महिला नेतृ पन्थीलाई सम्मान

 

कपिलस्तु ।
बाणगंगा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष गुणनिधी भुषालले एक बर्ष भित्र आफ्नो वडा लाई महिला हिंसा मुक्ता वडा वनाईने बताउनुभएको छ ।
१६ दिने महिला हिंसा विरुद्ध दिवसको अवसरमा वडा स्तरिय बृहत अन्र्तक्रया कार्यक्रममा बोल्दै उहाँले यस्तो भन्नुभएको हो ।
वाणगंगा नगरपाललिका वडा नं.८, घर–घरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपाल ९भ्क्म्इ–ल्भउब०ि र महिला संजाल वडा नं. ८ को संयुक्त अयोजना तथा घर घरमा बचत तथा ऋण सहकारी संस्था लि., बुद्धभुमि महिला बचत सहकारी संस्था, सिद्धार्थ उद्योमी महिला समुह, उज्ज्वल महिला कृषि सहकारी संस्था, युवा संजाल वडा नं. ८ लगायतको संयुक्त सह अयोजनामा शुक्रबार नेपाल किसान टे«क्टर समितिको सभाहलमा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष तथा अधिबक्ता समेत रहनु भएका भुषालले यस वडा लाई अब महिला हिंसा मुक्ता बनाउन आफुले सक्रिया भएर अगाडी बाढ्ने प्रतिबद्धता समेत गर्नुभयो ।
१६ दिने अभियान चलिरहेको बेला बाणगांग–८ वडामा जम्मा ४ वडा महिला हिंसाको उजुरी परेको भन्दै वडा अध्यक्ष भुषालले अब त्यसलाई शुन्य अवस्थामा झर्ने बताउदै आफुले नगरपालिका समेतले गर्न नसकेको कार्यहरु गर्दै आएको दावी समेत गर्नुभयो । उहाँले वाणगंगा नगरपालिका वडा नं. ८ मा महिला वडा संजालहरु गठन गर्दै महिलाका समास्यहरु पहिचान गर्ने गरेको समेत बताउँनभयो ।
त्यस्तै बृहत अन्र्तरक्रिया कार्यक्रममा समाजसेवी तथा अधिवक्ता राविराज आचार्य, समाजसेवी तथा बुद्धिजीवी कृष्ण पौड्ेल, महिला अगुवा प्रभा पौडेल, महिला नेतृ तथा समाजसेवी गुणदेवी पन्थी, वडा सदस्य विमला नेपाली वडा महिला संजाल संयोजक पार्वती थापा, गिता भुसाल लगायतले बोल्दै सबैभन्द बढी परिवारबाट नै महिला हिंसा हुने गरेको बताउनुभयो । उहाँहरुले समाजमा सक्रत्मक सोचको कमी, अशिक्षा, गरिबी, परम्परा रुढिबडी जस्ता प्रर्थ परम्पराको करणले गर्दा महिला हिंसा हुने गरेको अरोप समेत लागउनुभयो ।
बृहत अन्र्तक्रिया कार्यक्रम वडा अध्यक्ष गुणनीधि भुषालको अध्यक्षता, घरघरमा शिक्षा तथा आत्म निर्भर विकास संस्था नेपालका अध्यक्ष थानकला पौडेलको स्वागत तथा वडा सदस्य विमाल नेपालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
दोस्रो सत्र प्यानल अन्र्तरक्रिया कार्यक्रम
त्यस्तै दोस्रो सत्र प्यानल अन्र्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ । ७ जना महिला नेतृ तथा समाजसेवीहरु जनी बन्जाडे, विष्णु मल्ल, गिता भुषाल, गिता अन्जान लगायतले स्थानीय स्तरमा रहेका महिला हिंसाका सवाल र कारणहरु सम्बन्धमा समाजमा आफुले भोगेको र सहनुपर्ने विषयबस्तुमा अधारीत अ–आफ्नो धारणा राख्नुभएको थियो । दोस्रो सत्र प्यानलको अन्र्तरक्रिया कार्यक्रममा समाजसेवी राजनीतिक अगुवाहरु बलराम अधिकारी, कृष्ण पौडेल, रामकृष्ण शाह, रवि आचार्य, गुणनीधि भुषाल लगायतको उपस्थिति रहेको थियो । निकै नै उत्सहपूर्ण वडाका विभिन्न संघ संस्थाहरुलाई प्रतिनिधी गर्दै सयौंको संख्यमा उपस्थिती भएको दोस्रो सत्र प्यानल अन्र्तक्रिया कार्यक्रम समाजसेवी तथा महिला नेतृ विमला घिमिरेको अध्यक्षता तथा घर–घरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपाल कार्यक्रम संयोजक दुर्गा अर्यालको संचालनमा सम्पन्न भएको थियो ।
कृयाशिल अग्रज महिला नेतृ पन्थीलाई सम्मान
त्यस्तै महिलाको क्षेत्रमा लामो समय देखि कृयाशिल अग्रज महिला नेतृ गुणदेवि पन्थीलाई सम्मान गरिएको छ । बाणगंगा नगरपालिका वडा नं. ८ को कार्यलय, घरघरमा शिक्षा तथा अत्मनिर्भर विकास संस्था नेपाल, महिला संजाल, सहकारी संस्था लगायतको पहलमा उहाँलाई सम्मान गरेको भ्क्म्इ–ल्भउब िका कार्यक्रम संयोजक दुर्गा अर्यालले जनकारी दिनुभयो । त्यस्तै महिलाको अत्मसम्मान, सुरक्षा र प्रतिनिधित्वको सवालमा हाम्रो सकारात्मक भूमिका रहने र महिलामाथी हुने जुनसुकै प्रकारको हिंसाका विरुद्ध रहने, हिंसा नगर्ने हिंसा हुन नदिने प्रतिबद्ध छौं भन्दै उपस्थीत सम्पूर्णले अस्ताक्षण समेत गर्नुभएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.